८ वैशाख २०८१ शनिबार
प्रवास

मलेसियाबाट फर्किंदै १२ हजार ७७५ नेपाली (सूचीसहित)

फाइल तस्बिर

कोरोना महामारीका कारण मलेसियामा समस्या भोगिरहेका साढे १२ हजारभन्दा बढी नेपाली स्वदेश फर्किने भएका छन् ।

लकडाउनका कारण अन्तर्राष्ट्रिय उडान बन्द गरिएपछि उतै बस्न बाध्य १२ हजार ७ सय ७५ नेपालीले स्वदेश फर्किन पाऊँ भन्दै मलेसियास्थित नेपाली दूतावासमा निवेदन दिएका हुन् ।  

विदेशमा समस्यामा परेका नेपालीलाई सरकारले अहिले चार्टर्ड उडानमार्फत स्वदेश फर्काइरहेको छ ।  

कोभिड–१९ क्राइसिस म्यानेटमेन्ट सेन्टर (सिसिएमसी) का अनुसार मंगलबारसम्म मलेसियाबाट मात्रै  ४ हजार ७ सय ७८ नेपाली स्वदेश फर्किसकेका छन् ।  

तर हवाई भाडा तिर्न सक्ने तथा कार्यरत कम्पनीले टिकट काटिदिने नेपाली मात्र चार्टड उडानबाट घर फर्किरहेका हुन् । तर यो अवस्था नभएका नेपाली फर्किन सकेका छैनन् ।  

त्यस्ता श्रमिकलाई पनि निःशुल्क स्वदेश फर्काउने प्रक्रिया सरकारले सुरु गरेको छ ।  

मेलेसियाबाट स्वदेश फर्किन दूतावासमा निवेदन दिएका १२ हजार ७ सय ७५ नेपालीको नाम हेर्न यहाँ क्लिक गर्नुहोला ।  

प्रकाशित: ७ श्रावण २०७७ ११:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App