coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
प्रवास

युएई–काठमाडौ चार्टर उडानको नयाँ तालिका सार्वजनिक

अहिलेसम्म ७ हजार ५ सय जना फर्किए

कोभिड १९ को विश्वव्यापी महामारी फैलिए यता युएईबाट ७ हजार ५ सय नेपाली स्वदेश फर्किएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। महामारीका कारण रोजगारी गुमाएका, भिजा सकिएका तथा विभिन्न समस्यामा फसेका नेपालीहरुलाई स्वदेश फर्काउन व्यवस्था गरिएका ४९ वटा चार्टर उडान मार्फत ती नेपाली स्वदेश फर्किएको दूतावासले जानकारी दिएको छ।

दूतावासले २८ अप्रिलदेखि स्वदेश फर्कन चाहने नेपालीहरुको नामावली संकलन गर्न थालेको थियो। दूतावासको वेबसाईट, टेलीफोन, ईमेल एवं फेसबुक पेज मार्फत संकलन गरिएको नामावलीबाट प्राथमिकताका आधारमा नेपालीहरु स्वदेश फर्किएका हुन्।  

नेपालीलाई स्वदेश फर्काउन दुई स्वदेशी एयरलाइन्स हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स सहित युएईका फ्लाई दुबई, एयर अरेबिया र ईतिहाद एयरलाइन्सले चार्टर उडान भर्ने अनुमती पाएका छन्।  

नयाँ उडान तालिका सार्वजनिक  

अबुधाबीस्थित नेपाली दूतावासको एकीकृत नामावलीमा समावेश भएका नेपालीहरुलाई स्वदेश फर्काउन तय गरिएका १७ चार्टर उडानको तालिका सार्वजनिक भएको छ। दूतावासले आईतबार साँझ सार्वजनिक गरेको नयाँ उडान तालिका अनुसार नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स र एयर अरेबियाले ४÷४ वटा उडान भर्दैछन्। त्यस्तै फ्लाई दुबईले ३ र ईतिहादले २ उडान भर्ने दूतावासले जनाएको छ। दूतावासका अनुसार १२ जुलाईमा सार्वजनिक गरेको एकीकृत नामावलीमा नाम समावेश भएका नेपालीहरुका लागि यी चार्टर उडान तय गरिएको हो।

प्रकाशित: १२ श्रावण २०७७ ०४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App