तस्करीको नयाँ रुप : बहुमुल्य सामानको ओसारपसारमा यात्रुको प्रयोग
सरकारले विदेशबाट फर्कनेहरुलाई काँचो सुन लैजान प्रतिबन्ध लगाएपछि पछिल्लो समय तस्करहरुले वैदेशिक रोजगारीबाट स्वदेश फर्कने यात्रु मार्फत सुनको ओसारपसार गर्न थालेका छन्।
सरकारले विदेशबाट फर्कनेहरुलाई काँचो सुन लैजान प्रतिबन्ध लगाएपछि पछिल्लो समय तस्करहरुले वैदेशिक रोजगारीबाट स्वदेश फर्कने यात्रु मार्फत सुनको ओसारपसार गर्न थालेका छन्।
संयुक्त अरब ईमिरेट्स (युएई) ले बेलायतसहित युरोपेली मुलुकहरूमा द्रुत रूपमा फैलिईरहेको नयाँ स्वरुपको कोरोना भाईरसका सिमित केसहरु फेला परेको जनाएको छ।
युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुबईको एक सरकारी अस्पताल भ्रमण गरि त्यहाँ उपचाररत नेपाली बिरामीहरुको अवस्था बारे जानकारी लिएका छन्।
गैह्र आवसीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रिय भेला आजदेखि शुरु हुँदैछ। कतार राष्ट्रिय समन्वय समितिको आयोजनामा भर्चुअल प्रविधिबाट हुन लागेको भेलाको उद्घाटन आज दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्ने कार्यक्रम रहेको छ।
कोभिड १९ परीक्षणको मामिलामा संयुक्त अरब ईमिरेट्स आफ्नो देशको कुल जनसंख्या भन्दा धेरै परीक्षण गर्ने संसारकै पहिलो देश बनेको छ।
संविधान दिवसको अवसरमा आज दुबईमा रहेको संसारकै अग्लो भवन ‘बुर्ज खालिफा’ मा नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गरिने भएको छ। नेपाली राजदूतावासको अनुरोधमा यूएई सरकारले बुर्ज खालिफामा १ मिनेटका लागि नेपालको राष्ट्रिय झण्डा ‘डिस्प्ले’ गर्ने भएको हो।
६९ वटा शवको सम्बन्धित परिवारको सहमति लिएर युएईमै अन्त्योष्टि गरिएको छ भने २६ वटा शव नेपाल पठाईएको दूतावासले जनाएको छ।
कोभिड १९ को विश्वव्यापी महामारी फैलिए यता युएईबाट ७ हजार ५ सय नेपाली स्वदेश फर्किएको अबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ। महामारीका कारण रोजगारी गुमाएका, भिजा सकिएका तथा विभिन्न समस्यामा फसेका नेपालीहरुलाई स्वदेश फर्काउन व्यवस्था गरिएका ४९ वटा चार्टर उडान मार्फत ती नेपाली स्वदेश फर्किएको दूतावासले जानकारी दिएको छ।
संयुक्त अरब ईमिरेट्स (यूएई) ले पहिलो मंगल ग्रह मिशन अन्तर्गत जापानको तानेगाशिमा अन्तरिक्ष केन्द्रबाट पहिलो मानवरहित अन्तरीक्ष यान प्रक्षेपण गरेको छ। यो मिशनको तयारी संयुक्त अरब ईमिरेट्सले सन् २०१४ बाट थालेको थियो।
युएईमा रहेका नेपालीहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै ३८ औं विपि स्मृति दिवस मनाएका छन् ।
युएईमा लकडाउन शुरु भएयताको पछिल्लो ४ महिनामा ९४ जना नेपालीले ज्यान गुमाएका छन्। दूतावासको तथ्यांकअनुसार मार्चको तेस्रो साता यता कोभिड १९ का कारण मात्रै १ महिला र २९ पुरुष गरि ३० जना नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै अन्य कारण ६४ जना नेपालीले ज्यान गुमाएको बताइएको छ। यसमध्ये १६ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ।
युएई सरकारले आईतबारदेखी लागू गरेको भिसा सम्बन्धी नयाँ नियमका कारण हजारौं नेपाली प्रभावित हुने देखिएको छ। कोरोनाको संक्रमण शुरु भएपछि युएई सरकारले आफ्नो मुलुक भित्ररहेका विदेशी नागरिकहरुको भिसा ३१ डिसेम्बरसम्म स्वतः नविकरण हुने , जरिवाना तिर्नु नपर्ने र अन्य सबै सरकारी परिचयपत्रहरुको समयावधी सकिएको भएपनी ३१ डिसेम्बरसम्म मान्य हुने घोषणा गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै युएईले आईतबारदेखी नयाँ नियम लागू गरेको छ।
कोभिड १९ को विश्वव्यापी महामारीका कारण युएईबाट घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुले अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरुमा आफुले चाहेको मिति र एयरलाईन्स मार्फत घर फर्किन पाउने भएका छन्।
हिमालय एयरलाईन्सको पहिलो उद्दार उडानमार्फत आईतबार बिहान युएईबाट १ सय ५१ जना स्वदेश फर्किएका छन्। दूतावासले तयार गरेको प्राथमिकताको सुचिका आधारमा कोभिड १९ को महामारीका कारण स्वदेश फर्किन नपाएका २ शिशु सहित १ सय २६ पुरुष र २५ महिला लिएर हिमालय एयरलाईन्सको विमान आईतबार बिहान ४ बजेर २० मिनेटमा काठमाडौ प्रस्थान गरेको हो।
महोत्तरी बर्दिबासका हरिनारायण महतो कुनैबेला नेपाल पुलिस क्लबलाई गोल्ड मेडल दिलाउने विश्वासिलो खेलाडीका रूपमा चिनिन्थे । खेलप्रतिको अभिरुचि, दृढ़ ईच्छाशक्ति र लगनशीलताकै कारण उनले पटकपटक यसलाई पुष्टि समेत गरे ।