७ वैशाख २०८१ शुक्रबार
प्रवास

दुबईमा उपचाररत नेपाली बिरामी भेट्न अस्पताल पुगे राजदूत

युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले दुबईको एक सरकारी अस्पताल भ्रमण गरि त्यहाँ उपचाररत नेपाली बिरामीहरुको अवस्था बारे जानकारी लिएका छन्।

दुबईको रसिद अस्पतालमा उपचार गराईरहेका नेपाली बिरामीहरुको अवस्था बुझ्न राजदूत ढकाल सहित श्रम काउन्सिलर निर्मला थापा र जनसम्पर्क अधिकृत ईर्फान आलम आईतबार अस्पताल पुगेका थिए।

दूतावासको टोलिले अस्पतालमा उपचाररत विरामीहरुलाई भेटेर उनीहरुको अवस्थाबारे जानकारी लिएको र दूतावासबाट आवस्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता गरेको श्रम काउन्सिलर निर्मला थापाले बताईन।  

राजदूत ढकालले बिरामीहरुको उपचारमा संलग्न चिकित्सक एवं अस्पतालका निर्देशक डाक्टर फहाद बस्लिबसँग भेटगरी नेपालीहरुको उपचारमा अस्पतालले निर्वाह गरेको भूमिकाको लागि धन्यवाद समेत दिएका थिए। त्यस्तै उपचारपछि निको भएका गुल्मिका चुराबहादुर थापालाई स्वदेश फिर्तिका लागि आवश्यक यात्रा अनुमती पत्र र निशुल्क हवाई टिकट उपलब्ध गराउन सम्बन्धित कम्पनी प्रशासनसँग समन्वय गरेको भ्रमण टोलिमा संलग्न नेपाली दूतावासका जनसम्पर्क अधिकृत इर्फान आलमले बताए। उनले अन्य नेपाली बिरामीका लागि समेत ओभरस्टे जरिवाना मिनाहा तथा यात्रा अनुमती पत्रकालागि आवश्यक प्रहरी रिपोर्ट बनाउन सम्बन्धित निकायमा समन्वय गरिने बताए।

कोभिड महामारीकै बिच जोखिम मोलेर अस्पताल पुगेको नेपाली दूतावासका प्रतिनिधिहरु भेटेर अस्पतालमा रहेका नेपाली बिरामीहरुले खुसि व्यक्त गरेका छ्न्। दूतावासले पनि यसलाई आगामी दिनमा निरन्तरता दिंदै बिरामीलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने जनाएको छ।

 

 

प्रकाशित: ३ कार्तिक २०७७ ०८:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App