६ वैशाख २०८१ बिहीबार
प्रवास

एनआरएनको मध्यपूर्व क्षेत्रीय भेलामा के हुँदैछ ?

गैह्र आवसीय नेपाली संघ (एनआरएनए) मध्यपूर्वको सातौं क्षेत्रिय भेला आजदेखि शुरु हुँदैछ। कतार राष्ट्रिय समन्वय समितिको आयोजनामा भर्चुअल प्रविधिबाट हुन लागेको भेलाको उद्घाटन आज दिउँसो परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गर्ने कार्यक्रम रहेको छ।

भेलामा मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको समस्या एवं समाधानका उपायहरुको विषयमा छलफल गरि रणनिती तयार गरिने आयोजकले जनाएको छ। साथै मध्यपूर्वी देशहरुमा कार्यरत नेपाली कामदारहरुले विदेशमा आर्जन गरेको सीप र पुँजीलाई स्वदेशमा कसरी उपयोग गर्न सकिन्छ भन्ने विषयमा भेला केन्द्रित हुने बताईएको छ।

कोभिडका कारण मध्यपूर्वबाट फर्कन चाहने र फर्किएका झन्डै एक लाख नेपालीहरुलाई सरकारले उचित व्यवस्थापन गर्न नसकेको हुनाले भेलामा यस विषयमा पनि गम्भिर छलफल गरिने एनआरएनए अभियन्ताहरुले बताएका छन।

भेलाले मध्यपूर्वका देशमा रहेका नेपालीहरुको समस्या पहिचान गर्नेमात्र नभई समाधान पनि खोज्ने एनआरएनएका मध्यपुर्व उपसंयोजक मनोज कुमार श्रेष्ठले बताए। उनले नेपाली श्रमिकले विदेशमा दुःख गरि हासिल गरेको सीप र पुजीलाई उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराईने बताए। कोभिडका कारण रोजगारी गुमाएर स्वदेश पुगेका नेपालीहरुलाई स्वरोजगारको व्यवस्था गर्नु राज्यको दायित्व भित्र पर्नेहुनाले यसबारे पनि राज्यलाई घच्घचाईने श्रेष्ठले बताए।

आज र भोलि गरि दुई दिनसम्म चल्ने भेलामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली , श्रममन्त्री रामेश्वर राय यादव , नेपाली काङ्ग्रेसका नेता एवं  पुर्वमन्त्री शंकर भण्डारी सहभागी हुने बताईएको छ। यस्तै साउदी अरेबिया  , कतार , युएई , बहराईन , ओमन , कुवेतका नेपाली राजदूतहरु र गैह्र आवसीय नेपाली संघ आईसीसीका अध्यक्ष कुमार पन्त सहित अन्य पदाधिकारीहरु सहभागी हुने आयोजकले जानकारी दिएको छ।

 

 

 

 

 

प्रकाशित: ३० आश्विन २०७७ ०७:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App