८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

युएईमा कोरोना परीक्षणको नयाँ रेकर्ड

कोभिड १९ परीक्षणको मामिलामा संयुक्त अरब ईमिरेट्स आफ्नो देशको कुल जनसंख्या भन्दा धेरै परीक्षण गर्ने संसारकै पहिलो देश बनेको छ।

करिब ९८ लाख कुल जनसंख्या रहेको युएईमा अहिलेसम्म १ करोड ३ लाखको कोभिड १९ परीक्षण भईसकेको छ। गएको ३० सेप्टेम्बरदेखि ६ अक्टोबरसम्मको एक साता भित्र मात्रै युएईमा ७ लाख २० हजार ८ सय २ जनाको कोरोना परीक्षण गरिएको छ। यो अघिल्लो साताको तुलनामा १६ प्रतिशतले बढि हो। यस अवधीमा ८ हजार १८ जना रोगमुक्त भएको युएईको स्वास्थ मन्त्रालयले जनाएको छ। जुन अघिल्लो साताको तुलनामा २४ प्रतिशतले धेरै हो।  

लकडाउन खुलाए पनि महामारी नियन्त्रणका लागि युएई सरकारले कडाईका साथ लागू गरेको सुरक्षा , सावधानी एवं जरिवानाका कारण युएईमा पछिल्लो समय निको हुनेहरुको संख्या बढ्दै गएको छ। बिहिवार मात्रै यहाँ १ हजार ७ सय ६९ जना संक्रमितमुक्त भएको युएईको स्वास्थ मन्त्रालयले जनाएको छ। यो संगै अहिलेसम्म संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९३ हजार ४ सय ७९ पुगेको छ भने कुल संक्रमित १ लाख २ हजार ९ सय २९ पुगेका छन। मृत्यु हुनेहरुको संख्या ४ सय ३८ पुगेको छ।

 

 

 

 

प्रकाशित: २३ आश्विन २०७७ ०५:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App