प्रधानमन्त्रीविरुद्ध आपत्तिजनक नारा लगाउँदै नेपाली युवकको कपाल मुण्डन गर्ने ४ भारतीय पक्राउ
यस घटनामा वाराणसीको भेलुपुरमा प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।
यस घटनामा वाराणसीको भेलुपुरमा प्रहरी कार्यालयमा पाँच जनाविरुद्ध उजुरी (एफआइआर) दर्ता भएका छ ।
युएईमा रहेका नेपालीहरुले जननायक विश्वेश्वरप्रसाद कोईरालाले नेपालको राजनैतिक एवं साहित्यक क्षेत्रमा पुर्याएको योगदानको स्मरण गर्दै ३८ औं विपि स्मृति दिवस मनाएका छन् ।
युएईमा लकडाउन शुरु भएयताको पछिल्लो ४ महिनामा ९४ जना नेपालीले ज्यान गुमाएका छन्। दूतावासको तथ्यांकअनुसार मार्चको तेस्रो साता यता कोभिड १९ का कारण मात्रै १ महिला र २९ पुरुष गरि ३० जना नेपालीले ज्यान गुमाएका छन्। त्यस्तै अन्य कारण ६४ जना नेपालीले ज्यान गुमाएको बताइएको छ। यसमध्ये १६ जनाले आत्महत्या गरेको दूतावासले जनाएको छ।
युएई सरकारले आईतबारदेखी लागू गरेको भिसा सम्बन्धी नयाँ नियमका कारण हजारौं नेपाली प्रभावित हुने देखिएको छ। कोरोनाको संक्रमण शुरु भएपछि युएई सरकारले आफ्नो मुलुक भित्ररहेका विदेशी नागरिकहरुको भिसा ३१ डिसेम्बरसम्म स्वतः नविकरण हुने , जरिवाना तिर्नु नपर्ने र अन्य सबै सरकारी परिचयपत्रहरुको समयावधी सकिएको भएपनी ३१ डिसेम्बरसम्म मान्य हुने घोषणा गरेको थियो। तर उक्त निर्णयलाई उल्टाउँदै युएईले आईतबारदेखी नयाँ नियम लागू गरेको छ।
स्याङ्जा समाज युकेले क्यान ईन्टरनेशनल (कम्युनिटीज एण्ड नेचर इन्टरनेशनल) को सहयोगमा १२ जुलाईमा एल्डरशर्टमा गोर्खा नेपाली समुदायका जेष्ठ नागरिक सदस्यहरूलाई कोभिड -१८ बाट जोगिनको लागी अत्यवश्यक समानहरु (मास्क र सेनिटाइजर) वितरण गरेको छ।
दूतावासका अनुसार त्यस कम्पनीअन्तर्गत रहेका युएईका विभिन्न स्थानमा करिब १२ हजार नेपालीले काम गरिरहेका थिए। यसपटक कम्पनीले अहिलेसम्मकै ठूलो संख्यामा नेपालीसँग भएको श्रम करार अन्त्य गरेको हो।
नेपाली कांग्रेसले विदेशमा बसेर पार्टी नेतालाई गालीगलौज गर्नेविरुद्ध कारबाही सुरु गरेको छ। सामाजिक सञ्जालमार्फत् पार्टी र नेताको व्यक्तिगत छविमा समेत आँच आउने अभिव्यक्ति दिनेविरुद्ध कांग्रेसले कारबाही सुरु गरेको हो।
भानु जयन्तीको अवसरमा गैर आवासीय नेपाली संघ भाषा ,साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्दन समितिले भर्चुअल साहित्यिक कार्यक्रम गर्ने भएको छ। समितिका अध्यक्ष हिक्मत थापाका अनुसार
कोरोना भाइरसका कारण अमेरिकामा रहेका अधिकांश विश्वविधालयहरु अनलाइनमार्फत कक्षा सन्चालन गर्न थालेपछि अमेरिकी इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टले अनलाइनबाट मात्र कक्षा लिने विधार्थीहरु गैरकानुनी बन्ने नीति अख्तियार गरेपछि हार्वर्ड र एमआईटी अदालत गएका छन्। बुधबार विश्वकै उच्च स्तरमा गनिएका यी दुई विश्वविद्यालयहरुले म्यासाचुयट्सको अदालतमा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको नियमविरुद्ध मुदा दायर गरेका छन्।
बिहीबार पनि विभिन्न मुलुकबाट ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडान हुनेछन्। हिमालय एयरलाइन्स चीनको टियान्जिन, अबुधाबी र दुबईबाट नेपालीको उद्धार गरी काठमाडौं ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलनको सम्पन्न भएको छ । कोरोना भाईरसको कारण यस साधारणसभा तथा विज्ञ सम्मेलनको जुम प्रविधिबाट गरिएको थियो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गरेका थिए ।
कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि लामो समयदेखि नेपालमा जारी लकडाउनका कारण भारतका विभिन्न ठाउँमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली विद्यार्थी बेखर्ची बनेका छन्। कलेज बन्द हुँदा र काम नपाउँदा निम्तिएको आर्थिक संकटका कारण आफूहरू समस्यामा परेको उनीहरूले बताएका छन्।
संयुक्त राष्ट्र संघअन्तर्गतको अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले एनआरएनएलाई ५ करोड १० लाख रुपैयाँ अनुदान सहयोग दिने भएको छ। आइएलओ र गैरआवासीय नेपाली संघबीच मंगलवार सहमतिपत्रमा हस्ताक्षर भएको एनआरएनएले शनिवार एक विज्ञप्ति जारी गर्दै जनाएको हो।
कोभिड १९ को विश्वव्यापी महामारीका कारण युएईबाट घर फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरुले अब पुर्वनिर्धारित चार्टर फ्लाईटहरुमा आफुले चाहेको मिति र एयरलाईन्स मार्फत घर फर्किन पाउने भएका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको नेपालको नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ले स्वागत गरेको छ।
शुक्रबारसम्म मलेसियाबाट ११८, युएईबाट ३१७, कुवेतबाट ८९८ जना नेपाली फर्किएका छन् । जापानबाट १३ जना, अफगानिस्तानबाट १८, हङकङबाट सात जना, म्यान्माबाट २६ जना र अस्ट्रेलियाबाट ११ जनाको उद्धार गरिएको हो । यस्तै बङ्गलादेशबाट २५८ जना, ओमानबाट ३१३, माल्दिभ्सबाट ३०५, कम्बोडिया र सिङ्गापुरबाट १४६ जना र थाइल्यान्डबाट २४८ जना नेपाल फर्किएका छन् । यसैगरी कतारबाट ४४, श्रीलङ्काबाट पाँच, साउदी अरबबाट १५३ र दक्षिण कोरियाबाट २२८ जना नेपाल फर्किएका छन् ।
विदेशी नागरिकता लिएका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताहरुलाई नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा भाग लिनबाट बन्चित गर्ने तयारी गरे पछि ३३ देशका कांग्रेस कार्यकर्ताहरुले सभापति शेर बहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्।
कोभिड १९ का कारण लामो समयदेखि बेलायतमा अलपत्र परेका नेपालीहरुको लागि स्वदेश फर्किनेबाटो खुलेको छ । नेपाली दूतावास लण्डनका प्रवक्ता शरदराज आरणका अनुसार आगामी जुन २४ र २६ तारिख बेलायतमा रहेका ३ सय १६ जना नेपालीको उद्धार हुन लागेको हो।
हाल संयुक्त अरब इमिरेट्स (युएई)मा रहेका जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३, बाम्राङका नारायण बस्नेत चार÷पाँच महिनादेखि अलपत्र परेका छन्।
कोभिड १९ का कारण युएईमा अप्ठ्यारोमा परेका नेपालीहरूलाई स्वदेश फर्काउन तय गरिएको नेपाल एयरलाईन्सको पहिलो २ उडान अनिश्चित बनेको छ । युएईको दुवई अन्तर्राष्ट्रिय विमानस्थलबाट मंगलबार र बिहिबार हुने भनिएको उडान रद्द भएको सूचना दूतावासले जारी गरेर एकैछिनमा हटाएपछि घर फर्किन हैसिएका नेपालीहरू निराश बनेका छन् ।
कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ।
विश्वका विभिन्न देशमा अलपत्र परी देश फर्कने पर्खाइमा रहेका नेपालीको छिटो उद्धार गर्न नेपाल सरकारसमक्ष गैरआवासीय नेपाली सङ्घका क्षेत्रीय संयोजकहरुले आग्रह गरेका छन्।
दलालबाट ठगिएर ४ महिनादेखि युएईमा बिचल्लीमा परेका नेपाली महिलाहरुले चार्टर विमानको टिकट काट्ने पैसा नभएपछि सहयोगको अपिल गरेका छन्।
सरकारले कोभिड १९ का कारण विदेशमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्काउन तोकेको हवाई भाडा महँगो भएको भन्दै खाडी तथा मलेसियाका नेपालीहरुले असन्तुष्टि व्यक्त गरेका छन्।