८ वैशाख २०८१ शनिबार
प्रवास

एनआरएनए अमेरिकाको साधारणसभा तथा विज्ञ सम्मेलन सम्पन्न

सेप्टेम्बरमा क्यानडामा बैद्धिक सम्मेलन हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको वार्षिक साधारणसभा तथा विज्ञ सम्मेलनको सम्पन्न भएको छ । कोरोना भाईरसको कारण यस साधारणसभा तथा विज्ञ सम्मेलनको जुम प्रविधिबाट गरिएको थियो । नेपाल सरकारका परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालबाट कन्भेन्सनको ब्यानर पढेर उदघाटन गरेका थिए ।

त्यस्तै विशिष्ठ अतिथिहरुको काँग्रेस महामन्त्री डा शशांक कोईराला, नेता प्रकाशशरण महत, आईसिसि अध्यक्ष कुमार पन्त, महासचिव डा हेम राज शर्मा, कोसाध्यक्ष महेश श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीलगायतले शुभकामना मन्तव्य दिएका थिए ।

साधारणसभा तथा नलेज कन्भेन्सनले केहि बिधान संशोधन गर्नुको साथै नयाँ निर्वाचन समिति चयन गरेको छ । एनआरएनए एनसीसी अमेरिकनको नवौ साधारण सभाबाट विश्व बराललाई निर्वाचन समितिको संयोजकमा चयन गरेको हो । विगतमा पनि एनआरएन अमेरिकाको निर्वाचन समिति सदस्य हुदै निर्वाचन समितिको संयोजक भई सकेका बराललाई पुन अब आउने निर्वाचनको संयोजकमा चयन गरिएको छ । यस साधारण सभाबाट चयन गरिएका अन्य सदस्यहरूमा वासु फुलारा, गोविन्द कुमार श्रेष्ठ, कुल आचार्य, र शिवराज पौडेल रहेका छन् । जुलाई ३ तारिखका दिन साहित्यिक स्वागत सहित अतिथिहरुका शुभकामना मन्तब्य राखेर कार्यक्रमको उदघाटन भएको थियो ।

साधारण सभा भब्य र सभ्य रुपमा सम्पन्न भएको एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सुनील साहले बताउनु भएको छ । साहले नेप्लिज डायस्पोरासंग बोल्दै भब्य बनाउन सहयोग गर्ने सबै साधारण सदस्य, आजीवन सदस्य, बिभिन्न तह र तप्काका पदाधिकारीहरु र स्वयं सेवक साथीहरुलाई धन्यवाद ब्यक्त गरे । कन्भेन्सनको दोस्रो दिन अमेरिका र विश्वभरका नेपाली प्रोफेशनलहरूको ज्ञान बाँड्ने राष्ट्रिय ज्ञान सम्मेलनु गरिएको थियो । उक्त सम्मेलनमा ८ वटा सिम्फोजियम र ४ वटा टाउन हल व्यवस्था गरेर बिभिन्न बिषयमा गहन छलफल गराईएको थियो गर्दै सम्पन्न भइको छ ।

सम्मेलनले महासचिवको संगठनिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन र बिधान संशोधन समितिको प्रस्तावमाथि घनिभूत रुपमा छलफल भएको र सर्बसमितिले सबै प्रतिवेदन पारित गरेको महासचिव पशुपति पाण्डेले बताउए ।

यसै गरी एनआरएन अमेरिका संयोजक राजन त्रिपाठीको अध्यक्षतामा बसेको यस क्षेत्रका पदाधिकारी बैठकले क्यानडामा नलेज कन्फेरेन्स गर्ने निर्णय गरेको छ । संयोजक त्रिपाठी सँगै डिआरसी, आइसिसी सदस्य, मानार्थ आइसिसी सदस्य तथा यस क्षेत्रका एनसीसीका अध्यक्ष महासचिव सहितको बैठकबाट आउँदो सेप्टेम्बर पहिलो हप्तामा क्यानडामा नलेज कन्फरेन्स गर्ने सर्वसम्मत निर्णय गरिएको हो ।

कोरोना भाइरसको संक्रमण बाट गत जुन २०–२१ मा गर्ने भनिएको नलेज कन्फ्रेन्स कार्यक्रम स्थगित गरिएको थियो ।  सेप्टेम्बर ५ मा गर्ने कार्यक्रमलाई भव्य सफल बनाउन छिट्टै बिभिन्न कमिटी हरुको गठन गरिने जानकारी आरसी राजन त्रिपाठीले बताए । 

प्रकाशित: २४ असार २०७७ ०४:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App