२३ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

दऔं नेपाल फर्मा एक्सपो फागुन २८ देखि काठमाडौमा हुने

दशौं नेपालमा फार्मा एक्स्पो यो पटक काठमाडौमा हुुने भएको छ । एक्स्पो काठमाडौंको भृकुटीमण्डपमा आगामी फागुन २८ देखि ३० गतेसम्म सञ्चालन हुने नेपाल औषधि उत्पादक संघले जनाएको छ । बुधवार पत्रकार सम्मेलन गरी संघले कार्यक्रमको बारेमा जानकारी दिएको हो ।  

हरेक दुई वर्षमा हुँदै आएको एक्स्पो गत वर्षहरुमा चितवनसहित काठमाडौं उपत्यका बाहिरका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको थियो । एक्स्पोमा औषधि उत्पादनमा आवश्यक प्रविधि, उपकरण र उत्पादित औषधि गरी दुई समूहमा अर्थात ‘ए’ र ‘बी’ समुहमा विभाजन गरी प्रदर्शन गरिने आयोजक तथा नेपाल औषधि उत्पादक संघका अध्यक्ष बिप्लव अधिकारीले बताए ।

यो पटक दुई पा सोभन्दा बढी कम्पनीहरु प्रदर्शनमा सहभागी हुनेछन् । जसमा औषधि उत्पादनमा प्रयोग हुने अध्याधुनिक प्रविधि, प्रयोगशाला प्रविधि, कच्चा पदार्थ, प्याकिङ तथा मेसिनरी सामग्रीहरु राखिनेछ । प्रदर्शनमा ९० प्रतिशत बहुराष्ट्रिय विदेशी कम्पनी र १० प्रतिशत नेपाली औषधि उत्पादक कम्पनीले भाग लिंदैछन् । विदेशी कम्पनीले औषधीधि उत्पादनमा प्रयोग गरेका नविनतम प्रविधिलाई नेपाली बजारसँग जोड्न सकिने प्रदर्शनीवाट अपेक्षा लिएको उत्पादक संघका अध्यक्ष अधिकारीले बताए  ।

नेपालको औषधि गुणस्तरीय भएकोले आयतलाई ५० प्रतिशत प्रतिस्थापन गरिसकेको अधिकारीले बताए । उनले भने, ‘नेपालमा उत्पादित औषधि पनि गुणस्तरीय हुन्छन भन्ने सोंचलाई चिर्न पनि यो एक्स्पोले सहयोग पु¥याउनेछ ।’ यसको साथै औषधि उत्पादनमा नेपाल आत्मनिर्भर हुँदैछ भन्ने सन्देश दिने काम पनि एक्स्पोले गर्ने आयोजकले जनाए ।

पत्रकार सम्मेलनमा औषधि व्यवस्था बिभागका महानिर्देशक नारायण ढकालले नेपालमा उत्पादित औषधिहरु निर्यात भई अफि«का, फिलिपिन्स जस्ता राष्ट्रहरुमा पुगिसकेकोले नेपाल अबको दिनमा औषधिमा आत्मनिर्भर बनाउनु मुल उद्देश्य रहेको बताए  । ‘ आफ्नै औषधि उद्योगलाई कसरी कसरी बलियो बनाउने भन्ने हो ? उनले भने ।

यो वर्ष नेपाल  सरकारका दुई मुख्य निकायहरु स्वास्थ्य मन्त्रालय र औषधि व्यवस्था विभाग आफै सहभागी भई राष्ट्रिय÷अन्तराष्ट्रिय प्रविधिको अवलोकन गर्ने र आयुर्वेदिक औषधि उत्पादकलाई पनि सहभागी भएको संघले जनाएको छ । ‘ यो पालि नेपाल सरकार आफै सहभागी भएर सक्रियता देखाउने भएकोले औषधी उत्पादनमा प्रयोग हुने नयाँ प्रविधिको विकास बारे जानकारी दिनु यो वर्षको एक्स्पोको नयाँपन रहेको नेपाल औषधि उत्पादक संघका महासचिव तथा  फर्मा एक्स्पोका कोर्डिनेटर सन्तोष बरालले बताए । 

एक्स्पोलाई लक्षित गरी संघले माघ दुई, तीन र १६ वटा उद्योगको सहभागितामा फुटसल कार्यक्रम पनि सम्पन्न गरेको र आगामी फागुन आठ र नौ गते पनि ८ वटा  उद्योगको सहभागितामा क्रिकसल प्रतियोगिता हुने महासचितव बरालले जानकारी दिए । त्यसैगरी फागुन चार र पाँच गते एक सय जना व्यवस्थापक र बजार प्रतिनिधी वीच बिशेष तालिम तथा सेमिनार सञ्चालन हुनेछ । त्यसैगरी फागुन २७ गते औषधी उद्योगमा कार्यरत क्वालिटी कन्ट्रोलनका फर्मासिष्टहरुलाई अन्तराष्ट्रिय स्तरका प्राविधीकहरुले बिशेष  सेमिनार गर्ने र फागुन २८ गते प्रभात फेरी गरी औपचारिक कार्यक्रम सुरु हुने जनाएको छ  ।

प्रकाशित: २८ माघ २०८२ १८:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App