४ चैत्र २०८२ बुधबार
image/svg+xml
निर्वाचन विशेष

खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राईकै अग्रता

खोटाङमा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले ५,३३५ मतकाे साथ अग्रता कायम गरेकाे छ।

‘अँजुलीमा रहेकाे माटाे’ निर्वाचन चिन्हमा उठेका राईले अग्रता कायम गरिरहँदा नेपाली कांग्रेसकाे विरकाजी राईले ४,३३९, नेकपा  (एमाले) काे देवविक्रम राईले ४, ११८,  र नेपाली कम्युनिष्ट पार्टीका हरि राेकाले ३,२५८ मत पाएकाे जिल्ला प्रशासन कार्यालय खोटाङकी सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिइन्।

प्रतिनिधिसभातर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा कुल एक लाख ४७ हजार १२० मतदाता छन्। जसमध्ये ७७ हजार ६५६ पुरुष र ६९ हजार ४६४ महिला मतदाता छन्।

यतिञ्जेलसम्म केपिलासगढी, ऐसेलुखर्क, रावाबेसी, दिप्रुङ चुइचुम्माको मतगणना सम्पन्न भएको छ।

प्रकाशित: २३ फाल्गुन २०८२ १२:०८ शनिबार