एक सय २८ वर्ष पुरानो बाइबल छोएर अमेरिकी राष्ट्रपति बाइडेनद्वारा कार्यभार ग्रहण
अमेरिका, संसारकै शक्तिशाली र लोकतान्त्रिक व्यवस्था भएको देश अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले कार्यभार सम्हालेका छन्। अमेरिकी इतिहासमा संसारकै सुरक्षित मानिएको अमेरिकी संसदमा निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा आक्रमण भएपछि पहिलो पटक सुरक्षा घेराबीच सपथ ग्रहण सम्पन्न भयो।