coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आज अमेरिकामा राष्ट्रपति निर्वाचनः ट्रम्प र बाइडेनबीच कसकाे पल्ला भारी ?

आज अर्थात नोभेम्बर ३ तारीक मंगलबार महाशक्ति सम्पन्न राष्ट्र अमेरिकामा ४६ औं राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। निर्वाचन हुनु १२ घण्टा अघि राष्ट्रपतिका उम्मेदवारहरु वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पुर्वउपराष्ट्रपति जो बाइडेनले चुनावी प्रचारप्रसार रोकेका छन। चुनावी नतिजामा प्रभाव पार्ने ‘ब्याटलग्राउन्ड’ नाम दिइएका केही राज्यहरूमा मतदातालाई आफूतिर तान्न राष्ट्रपतिका दुवै आकांक्षीले अन्तिम चुनावी सभा गरी सकेपछि प्रचारप्रसार रोकेका हुन्। अमेरिकमा हेर्दा दुई पार्टी मात्र देखिए पनि अन्य पार्टीहरु लिव्रेसन, ग्रीन र कन्टीच्यूसन पार्टी पनि रहेका छन। अमेरिकाको स्थापनापछि नै दुई पार्टी बाहेक अरु अस्तित्वमा छैनन्।

निर्वाचन हुनु २४ घण्टा अघि गरिएका विभिन्न सर्भेक्षणहरुले ट्रम्प भन्दा बाईडेन बलिया देखिएको जनाएको छ। अमेरिकी निर्वाचनमा यस्ता सर्भेक्षणहरु निर्वाचन अघि गर्ने प्रचलन रहि आएको छ। निर्वाचन आज भए पनि अमेरिकामा निर्वाचन अघि पनि मतदान गर्ने व्यवस्था रहेकोले विश्वभर रहेका आफ्ना नागरिक र अमेरिकामा रहेका मतदाताले गरेको मतदानमा ९७ मिलियन अर्थात नौ करोड ७ लाख भोट खसेको जनाईएको छ। यो संख्या सन् २०१६ मा गणना गरिएको कुल मतको झन्डै ६८ प्रतिशत हो। अमेरिकाममा यस बर्ष सन २०२० का लागि २५ करोड ५२ लाख मतदाता रहेका छन। अमेरिकामा दुई पार्टीको प्रभावलाई हेर्दा डेमोक्र्याट पार्टीको रजिष्टर भोटर ७२ मिलियन र रिपव्लिकनको रजिष्ट्रर भोटर सख्या ५५ मिलियन रहेको छ।

इलोक्ट्रोलर के हो र कहाँ कति ?
अमेरिकी राष्ट्रपति निर्वाचनमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति छान्ने भनिए पनि फरक ढंगले लोकप्रिय मतले नभई ‘इलोक्ट्रोलर कलेज’ मतको आधारमा निर्वाचित गर्ने गरिन्छ। कुल पाँच सय ३८ ‘इलोक्ट्रोलर’ मतमध्ये दुई सय ७० ल्याउनेले जित्ने छन्। राष्ट्रपतीय निर्वाचनको प्रमुख पक्ष यस मानेमा केहि राज्यहरु निर्णयक हुन्छन् जहाँ इलोक्ट्रोलर मत बढी छ । प्रत्यक्ष निर्वाचनमा खसेको मतबाट निर्वाचन परिणामलाई केहि फरक पर्दैन। अघिल्लो २०१६ को निर्वाचनमा वर्तमान राष्ट्रपति भन्दा हिलारी क्लिन्टनले २७ लाख मत बढी पाएर पनि  इलोक्ट्रोलर मत थोरै पाएको कारण निर्वचन हारेकी थिइन्। इलोक्ट्रोलर मतमध्ये  ट्रम्पले ३०६ र हिलारीले २३२ मत पाएका थिए।

धेरै  मत भएका क्यालिफोनिया, टेक्सास, जर्जिया, नर्थ क्यारोलाइना, ओहायो, आयोवा, पेन्सिलभेनिया, मेसिगन, विन्सकिन्सिन र एरिजोना राज्य नै नतिजा उल्टाउने निर्णयक राज्यका रूपमा मानिन्छ। हाल प्रक्षेपण गरिएका सर्वेक्षणलाई आधार मान्दा यी राज्यहरुमा बाइडेनको अग्रता देखिएको छ।

खासगरी इलोक्ट्रोलर मतहरुमा क्यालिफोनिया ५५, टेक्सास ३८, न्यूयोर्क र फेलोरिडा २९, ईलिनोईस र पेन्सिलभेनिया २०, ओहायो १८ रहेका छन। त्यसैगरी कनेक्टिकट, ओक्लोहोमा, र ओरेगनमा ७ वटा, आर्कान्सास, आईहोवा, कान्सास, मिसिसिपी, नाभाडा, र उटाहामा ६, नेब्रास्का, न्यूमेक्सिको, वेस्ट भर्जिनियामा ५, हवाई, आईडाओ, मेनी, न्यू हेम्सपायर, रोडे आईल्याण्डमा  ४ का दरले , र आलास्का, डेलावर, द डिष्ट्रिटक अफ कोलम्बिया, मोन्टाना, नर्थ डाकोडा, साउथ डाकोडा, भरमन्ट, र वाईमिडमा ३ का दरले ईलोक्टोल मत रहेका छन। बाँकी अरु केहि राज्यमा एरिजोनामा ११, जर्जिया १६, ईण्डियाना ११, मेरिल्याण्ड १०, मासाचुटेसमा ११, मिचिगन १६, मिसौरी, १०, न्यू जर्जी १४, नर्थ क्यारोलिना १५, पेन्सिलभेनिया २०, साउथ क्यारोलिना ९ , भर्जिनिया १३, वासिटन १२ र वीस्कन्सिन १० रहेका छन।

सर्भेक्षणमा अमेरिकी मिडिया
अमेरिकामा मिडिया कति निष्पक्ष होला भन्ने प्रश्न अनुत्तरित छ तर निर्वाचनका बेला सिएनएन र फक्स न्यूजप्रति जनताको त्यति धेरै विश्वास मानिन्न। कारण सिएनएनले डेमाक्र्याट र फक्सले रिपब्लिकनलाई सघाएकोले तिनिहरुको समाचार र सर्भेक्षणमा जनताले विश्वास गर्दैनन्। दुवैले आ–आफ्नो पक्षमा समाचार प्रशारण गर्ने प्रचलन छ। त्यतिमात्रै होईन अमेरिकाको राज्यस्तरमा पनि ठुला मिडियाले राम्रा उम्मेदवारहरुलाई ईन्डोर्स गर्ने प्रचलन पुरानो नै हो। यसो तर केहि अरु मिडिया र सभेक्षण गर्ने एजेन्सीहरुले गरेका पछिल्ला अधिकांश मत सर्वेक्षणहरूले जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झन्डै १० प्रतिशतले अग्रता बनाइरहेको देखाएका छन्। एनबिसी न्यूज र वालस्ट्रिट जर्नलले चुनाव हुनु दुई दिनअघि गरेको सर्वेक्षणमा बाइडेनले ५२ र ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्ने जनाएको छ। स्वतन्त्र मानिने युएस टुडेका अनुसार अग्रिम मतदानमा ४८ दशमलव ३ प्रतिशत डेमोक्रयाटिक, ४१ दशमलव ५ प्रतिशत रिपब्लिकन र १० दशमलव २ प्रतिशत मत स्वतन्त्रको पक्षमा खसेको बताएको छ।

चुनावअघिको मत सर्वेक्षणमा बाइडेनले ट्रम्पभन्दा ६ प्रतिशत बिन्दुले मात्र अग्रता बनाइराखेको देखाएका थिए। चुनावी नतिजालाई फेरबदल गर्न सक्ने मुख्य राज्यहरूमा एरिजोना, फ्लोरिडा, जर्जिया, आयोवा, मेन, मिसिगन, मिनेसोटा, नर्थ क्यारोलिना, न्यु ह्याम्पसायर, नेभाडा, पेन्सिलभेनिया र विस्कन्सिनमा गरिएका सर्भेषणहरु निर्णायक मानिन्छ।

अमेरिकी चुनाव परियोजनाका अनुसार आइतबार दिउँसोसम्ममा नौ करोड ३० लाखभन्दा बढी अमेरिकीले मतदान गरिसकेका छन्। हुन त सन २०१६ को निर्वाचनमा नि मिडियाका सर्भेक्षण अनुसार हिलारी क्लिन्टनले जित्ने अनुमान गरिएको थियो तर भएन। त्यसैले  यसबर्ष पनि यसै भन्न सकिन्न।

सत्तासीन राष्ट्रपतिको दोस्रो पटक ?
प्रायजसो अमेरिकामा सत्तासीन राष्ट्रपतिहरुले दोश्रो कार्यकाल निर्वाचन जितेको नजिर छ। पहिलोपटक सन् १८०१ मा अमेरिकाका दोस्रा राष्ट्रपति जोन एडम्स् दोस्रो कार्यकालका लागि थोमस ज्याफर्सनसँग पराजित भएयता राष्ट्रपतीय निर्वाचनमा १० पटक मात्र सत्तासीन राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचनमा पराजित भएका छन्। पछिल्लोपटक जर्ज एच. डब्लु. बुस सन् १९९२ मा दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा बिल क्लिन्टनसँग पराजित भएका थिए। त्यसयता पछिल्लो २८ वर्षमा सत्तासीन राष्ट्रपतिहरु क्रमश वील क्लिन्टनले सन् १९९३ देखि २००१ सम्म, सन् २००१ देखि २००८ सम्म जर्ज डब्ल्यू र सन २००९ देखि सन २०१६ सम्म बाराक ओवामाले निर्वाचन जितेका थिए।  त्यस अघि जर्ज बुसले आफ्नो दोश्रो कार्यकालमा सन् १९९३ मा हारेका थिए। प्राय जसो राष्ट्रपतिले दोस्रो कार्यकालको लागि लगातार दुईपटक जितेको इतिहास छ।

संसारभर आफ्नो प्रभुत्व जमाएको अमेरिकामा हुने निर्वाचन परिणामले विश्वभर प्रभाव पार्नेछ  चाहे त्यो आर्थिक हिसाबले वा राजनीतिक समिकरणका हिसावले भनौ वा विश्व शान्तिका लागि। अहिले पनि विश्वकै प्रभावशाली र ठूलो अर्थतन्त्र अमेरिका नै हो तर पछिल्ला दिनमा चीनलगायत केहि देशहरुले चुनौति दिन थालेको सन्र्दभमा आगामी दिनमा आर्थिक नीतिलाई कसरी अगाडि लैजाने भन्ने उम्मेदवारको चुनावी नीतिले प्रभाव पार्नेछ।

सन् १७८९ मा जर्ज वासिङ्टनले अमेरिकाको विस्तार र प्रभाव संसारभर कायय गर्ने सपना हालसम्म पुरा भएको छ। अमेरिकी आदर्श मुल्य र मान्यता विश्वभरि फैलाउन अमेरिकी नेतृत्वको भूमिका सदैव अहं हुनुपर्दछ भन्ने मान्यतामा केहि ह्रास आएको बहस अमेरिकी राजनीतिमा शुरु भएको छ। यसो भैरहँदा नयाँ राष्ट्रपतिले लिने अमेरिकी वैदेशिक नीति कस्तो हुन्छ भन्ने कुराले विश्वभर प्रभाव पार्ने निश्चित छ। वैदेसिक नीतिका सन्र्दभमा ट्रम्पको नीति र बाइडेनको दृष्टि नितान्त फरक छ। ट्रम्प प्रशासन विश्वभर आफ्नो प्रभाव बढाउन कमजोर रहेको विश्लेषण अमरिकामा हुन थालेपछि ट्रम्पलाई नैतिक प्रश्न शुरु भएको छ। अमेरिकामा संसारमा नै पहिलोपल्ट सन १७९२ मा थोमस जेफसन र जेम्स मेडिसनले डेमोक्र्याटिक रिपव्लिकन पार्टी स्थापना गरेका थिए। त्यहि पार्टी अहिले डेमोक्र्याट पार्टी हो। रिपव्लिकन पार्टी सन् १८८० मा स्थापना भएको हो। यीनै दुई पार्टीबीच आज हुने चुनावको नतिजा आउन केहि दिन कुर्नू पर्ला तर संभावित नतिजा भने मतदान सकिएको २४ घण्टामा अनुमान गर्न सकिन्छ। 

प्रकाशित: १८ कार्तिक २०७७ ०४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App