अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच सम्झौता भएमा आफू इरानका सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेट्न तयार रहेको बताएका छन्।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, 'म सर्वोच्च नेता मोज्तबा खामेनीलाई भेट्न चाहन्नँ, तर यदि हामीले भेट्यौं भने म सम्मानित हुनेछु। यदि सम्झौता भयो भने भेटघाट सम्भव छ। मलाई त्यसमा कुनै समस्या हुने छैन।'
ट्रम्पले कुनै पनि सम्भावित भेटघाट सम्मानजनक हुने र आफूले इरानका सर्वोच्च नेतालाई सम्मानजनक व्यवहार गर्ने बताए।
यस्तै, ट्रम्पलेउनको प्रशासनले इरानबाट समृद्ध युरेनियम प्राप्त गर्न सेना पठाउने विचार गरेको तर योजना अन्ततः अस्वीकार गरिएको जानकारी दिए।
ट्रम्पका अनुसार यो अपरेशन धेरै जोखिमपूर्ण थियो र यसले अमेरिकी सैनिकहरूको ज्यान लिन सक्थ्यो। त्यसैले, यसलाई अगाडि बढाइएन।
प्रकाशित: २२ जेष्ठ २०८३ ११:२८ शुक्रबार





