६ वैशाख २०८१ बिहीबार
प्रवास

लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुँदै

अमेरिकाको क्यलिफोनियास्थित लसएन्जलस र सानफ्रान्सिस्कोमा नेपाली दुतावासको घुम्ती कन्सुलर सेवा हुने भएको छ । क्यालिफोनियाका लागि नेपाली महावाणिज्यदुत ऋषि ढकालका अनुसार लसएन्जलसमा जुन ४ र ५ साथै सानफ्रान्सिस्कोमा जुन ६ र ७ मा आयोजना गरिने छ ।

लसएन्जलसको पशुपति तथा बुद्ध मन्दिर र सानफ्रान्सिस्कोको सान पब्लो डाम रोडस्थित हुने छ । चार दिनसम्म चल्ने सो शिविरमा पासपोर्ट नविकरण, नयाँ आवेदन, मंजुरीनामा, एनआरएनए कार्ड, वारेसनामा, भिसा, ट्राभल डकुमेन्ट लगायतको सेवा पाउन सकिने महावाणिज्यदुत ढकालले नागरिकन्यूजलाई बताए । सोही कार्यक्रमसंगै नेपालको पर्यटन र व्यापारलाई प्रमोसन गर्नका लागि अमेरिकन व्यवसायी, सामाजिक अगुवा, सरकारी उच्च पदस्थ अधिकारीहरुलाई कन्सुलर क्याप्प गरी अन्तर्क्रिया गरिने छ । 

महावाणिज्यदुत ढकालका अनुसार हलिउडका फिल्म निर्देशक तथा निर्माता, अमेरिकन व्यापारी तथा लगानीकर्ता, क्याम्पसका प्राध्यापकहरुलगायत उच्च पदस्थ व्यक्तिहरुसंग नेपालको सामाजिक, सांस्कृतिक तथा पर्यटनका साथै लगानीको संभावनाका विषयमा अन्तर्क्रिया गरिने छ ।  

राजदुत डा खतिवडाले कार्यभार सम्हालेको छोटो समयमा तीव्रता दिइएको घुम्ती शिविर डालासमा मे १४ र १५ तथा ह्युस्टनमा १६ र १७ तारिकमा र त्यस अघि सिकागोमा सम्पन्न भईसकेको छ । त्यसपछि जुलाई पहिलो हप्ता वासिंटनको सियाटलमा पनि आयोजना गरिने सियाटलस्थित महावाणिज्यदुत एसी शेपाले बताए । शिविरबाट विभिन्न कारण पासपोर्ट नविकरण नभएका, भिसा सकिएकाहरुले लाभ लिन सकिने छ भने सेवा आवश्यक पर्ने नेपाली तथा विदेशी नागरिकहरुले शिविरमा सम्पर्क राख्न वा दुतावासको वेव साईटमा गएर फर्म भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । 

कोरानाका कारण ट्राभल गर्नबाट बन्चित भएका र अन्य कारणले रोकिएका सरकारी काम सोही शिविरबाट लाभ लिन सकिनेछ ।

प्रकाशित: २० जेष्ठ २०७८ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App