कुवेतमा आममाफी पाएका महिला फर्कंदै

कुवेतमा आममाफी पाएको डेढ महिनापछि तीन सय महिला नेपाल फर्कन पाउने भएका छन् । आज (बिहीबार) उनीहरूलाई कुवेत सरकारले नेपाल ल्याइदिन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ । त्रिभुवन विमानस्थलमा आउँदासम्मको सम्पूर्ण खर्च कुवेत सरकारले बेहोर्ने जनाइएको छ ।