coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
प्रवास

लर्ड शेखको अध्यक्षतामा बेलायत - नेपाल व्यापार तथा लगानी मञ्च गठन

 नेपाली दूतावास लण्डनको सकृयतामा युके नेपाल व्यापार तथा लगानी मञ्च गठन भएको छ।  नेपाली दूतावास लण्डनका अनुसार बेलायतका उद्यमी, व्यवसायी र  लगानीकर्ताहरुको सोमवार दूतावास भवनमा आयोजिक बैठकले सो मञ्च गठन गर्ने निर्णय गरेको हो।  बैठकले वेलायती उपल्लो सदन हाउस अफ लडर्सका सांसद लर्ड शेखको अध्यक्षतामा युके (नेपाल व्यापार तथा लगानी मञ्च गठन गरेको छ।  मञ्चको उपाध्यक्षहरुमा लर्ड करण विलिमोरिया, भिस्काउण्ट वेभर्ली, महन्त बहादुर श्रेष्ठ, भगवानजी चौहान र रवीन्द्रजंग लामिछाने रहेका छन्।  यस्तै महासचिवमा आतम सन्धु र कोषाध्यक्षमा विकास नेपाल रहेका छन्।  

मञ्चको संरक्षकमा बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुवेदी रहेको दूतावासका प्रवक्ता शरदराज आरणले  जानकारी दिए।    बैठकलाई सम्वोधन गर्दै बेलायतका लागि नेपाली राजदूत डा सुवेदीले आर्थिक विकासको लागि नेपाल सरकारले लगानी मैत्री नीति कार्यान्वयन गरिरहेको बताए।  उनले नवगठित युके नेपाल व्यापार तथा लगानी मञ्च बेलायत र नेपालबीच व्यापार, व्यवसाय र लगानीको प्रवर्धनमा कोसेढुंगा सावित हुने विश्वास व्यक्त गरे।  मञ्चका नवनिर्वाचित अध्यक्ष लर्ड शेखले मञ्चका माध्यमबाट नेपालमा बेलायती लगानी भित्र्याउन सहज हुने वताए।  

उनले बेलायतमा नेपालको व्यापार अभिवृद्धि गर्ने दिशामा सकारात्मक योगदान गरी नेपालको आर्थिक विकासमा सहयोग पुर्याउन प्रतिवद्धता जनाए।    मञ्चले सेप्टेम्बरको तेश्रो साता नेपालको व्यापार र लगानीमा केन्द्रित रही एक विशेष कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ  

 

 

प्रकाशित: २७ श्रावण २०७७ ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App