२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
समाज

भूमि प्रशासन सेवा चलाउन चाहिने जनशक्तिको विवरण सात दिनमा पठाउन मन्त्रालयको आह्वान

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाट सञ्चालन गर्न इच्छुक पालिकाहरूलाई सात दिनभित्र आवेदन दिन आह्वान गरेको छ।

मन्त्रालयले अत्यन्त जरुरी सूचना जारी गर्दै हाल भूमिसुधार/मालपोत कार्यालय तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएका सेवाहरू स्थानीय तहमार्फत सञ्चालन गर्ने तयारीस्वरूप इच्छुक स्थानीय तहसँग प्रस्ताव मागेको हो।

सूचनाअनुसार सेवा सञ्चालन गर्न चाहने स्थानीय तहले आवश्यक जनशक्ति तथा पूर्वाधारको व्यवस्था आफैं गर्नुपर्नेछ। त्यसका लागि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सेवा प्रवाह गर्न इच्छुक रहेको व्यहोरासहित पत्र पठाउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयका अनुसार आवेदन इमेलमार्फत पठाउन सकिनेछ। यसका लागि info@molcpa.gov.np, info@dolma.gov.np

तथा jaggaprsasan@gmail.com इमेल ठेगाना उपलब्ध गराइएको छ।

संवैधानिक व्यवस्था अनुसार नागरिकलाई नजिकको तहबाट सेवा उपलब्ध गराउने उद्देश्यले भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहमा हस्तान्तरणको प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

यस निर्णय कार्यान्वयनमा आएपछि मालपोत र नापीसम्बन्धी सेवा स्थानीय तहबाटै उपलब्ध हुने अपेक्षा गरिएको छ।

 

प्रकाशित: १० वैशाख २०८३ १७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App