१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

११५५ नेपाली स्वदेश फर्किए

शनिबार कोरानाका कारण विदेशमा अलपत्र परेका एक हजार एक सय ५५ जना स्वदेश फर्केका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरू स्वदेश फर्किएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट ६ वटा शव पनि नेपाल ल्याइएको छ । नेपाल एयरलाइन्सले रियादबाट २५८ यात्रु र दुई शव नेपाल ल्याएको छ । सोही एयरलाइन्सले बहराइनबाट १२९ यात्रु र एक शव ल्याएको छ । दोहाबाट पनि १४९ यात्रु र दुई शव ल्याएको छ ।

हिमालय एयरलाइन्सले दोहाबाट १५६ र बहराइनबाट १३९ नेपाली काठमाडौँ ल्याएको विमानस्थल कार्यालयले जनाएको छ । त्यस्तै फ्लाइ दुबईले दुबईबाट १५७ नेपाली काठमाडौँ ल्याएको छ ।

थप नेपाली ल्याउन नेपाल एयरलाइन्स दुबई र दोहा तथा हिमालय एयरलाइन्स दोहा र अबुधाबी प्रस्थान गरेको विमानस्थल कार्यालयले जनाएको छ । आइतबार पनि यी दुवै एयरलाइन्सले विभिन्न मुलुकबाट आठ उडान गर्ने जनाइएको छ ।

प्रकाशित: ३ श्रावण २०७७ १६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App