४ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

सुनसरीमा घाँस काट्ने क्रममा रुख ढल्दा च्यापिएर महिलाको मृ*त्यु

सुनसरीको बर्जु गाउँपालिकामा हावाहुरीसँगै ढलेको रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बर्जु गाउँपालिका–६, चिमडीकी ३८ वर्षीया सीता यादव रहेकी छन्।

बिहीबार दिउँसो बर्जु ताल क्षेत्रमा गाईवस्तुका लागि घाँस काट्न गएकी यादव एक्कासि हावाहुरी आएपछि नजिकै रहेको सिमलको रुख ढल्दा त्यसले च्यापिएर गम्भीर घाइते भएकी थिइन्।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार, घाइते यादवलाई तत्काल उद्धार गरी उपचारका लागि मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: ४ आश्विन २०८३ २०:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App