१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

कोरोना प्रभावित पत्रकारका लागि महासंघले बनाएको कोषमा बेलायतबाट २३ लाख सहयोग

कोरोना महामारीका कारण समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोगका लागि नेपाल पत्रकार महासंघद्वारा स्थापित कोषमा नेपाल पत्रकार महासंघ युकेले २३ लाख रुपियाँ सहयोग गर्ने भएको छ। नेपाल पत्रकार महासंघ वेलायत शाखामा उपमहासचिव नरेन्द्र बस्नेतका अनुसार शनिबार लण्डनमा जुममार्फत बसेको शाखको बैठकले महासंघको आपतकालिन कोषमा २० लाख अक्षय कोषमा र बाँकी ३ लाख कोरोना प्रभावित श्रमजीवी पत्रकारहरुका लागि तत्काल खर्च गर्नको लागि प्रदान गर्ने निर्णय गरेको हो।  

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले स्थापना गरेको सो आपतकालित कोषमा यसअघि केन्द्रीय समितिले ३० लाख रुपियाँ जम्मा गरिसकेको छ। केन्द्रीय समितिले सो कोषमा कम्तीमा १ करोड रुपियाँ जम्मा गर्ने लक्ष्य लिएको छ। युके शाखाले सन् २०१७ मा बेलायतमा च्यारिटी कार्यक्रम गरेर संकलित रकमबाट सो सहयोग गर्ने निर्णय गरेको हो। बैठकलाई सम्वोधन गर्दै महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्टले कोषको उद्देश्यको बारेमा प्रष्ट पारेका थिए।  

सो अवसरमा बोल्दै अध्यक्ष आचार्यले कोभिड १९ बाट उत्पन्न समस्याका कारण नेपालमा झन्डै २,००० पत्रकारहरुले रोजगारी गुमाएका तथा देशभरि ७५० भन्दा बढी पत्रपत्रिका तथा ५ ओटा एफएम रेडियो स्टेशनहरु बन्द भएको जनाए। “रोजगार गुमाएका पत्रकारहरुलाई मानवीय सहयोग गर्न आपत्कालीन कोष खडा गरिएको हो', उनले भने। महासचिव बिष्टले आपत्कालीन कोषमा उल्लेखनीय सहयोग गरेकोमा नेपाल पत्रकार महासंघ युकेलाई हार्दिक धन्यवाद दिए। यस्तै, शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा भएको सो बैठकले शाखाले बेलायतमा कार्यरत नेपाली पत्रकारहरुलाई प्रोत्साहन गर्नका लागि १ हजार पाउण्ड राशीको ‘एफएनजे युके पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरेको छ। यसअघि महाभूकम्प गएको बेला समेत नेपाल पत्रकार महासंघ बेलायत शाखाले महासंघको आपकालिन कोषमा १३ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थियो।

 

प्रकाशित: ४ श्रावण २०७७ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App