दशैं कस्तो भो?
दशैं सकिएसँगै नियमित रुपमा कार्यालय खुल्यो। १०/१२ दिनका लागि टाढा भएका साथी र सहपाठीहरुसँग भेट्ने बित्तिक्कै प्रश्न ओइरियो, ‘कस्तो भो दशैं?’
दशैं सकिएसँगै नियमित रुपमा कार्यालय खुल्यो। १०/१२ दिनका लागि टाढा भएका साथी र सहपाठीहरुसँग भेट्ने बित्तिक्कै प्रश्न ओइरियो, ‘कस्तो भो दशैं?’
विश्व स्वास्थ्य संगठन अनुसार विश्वमा बर्सेनि ८ लाख व्यक्तिले आत्महत्याको कारणबाट ज्यान गुमाइरहेका छन्। १५ देखि १९ वर्ष उमेर समूहको व्यक्तिहरूको मृत्यु हुने प्रमुख तेस्रो कारण पनि आत्महत्या नै हो।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को ९औं महाधिवेशनमा नेतृत्वको लागि प्रत्यासी थिए वर्तमान अध्यक्ष कुमार पन्त र तात्कालिन उपाध्यक्ष कुल आचार्य। व्यवसायीक साझेदारसमेत रहेका पन्त र आचार्य मिल्ने साथी पनि थिए। आचार्यले पन्तविरुद्ध उम्मेदवारी दिन्छन् भन्नेमा कतिपयले विश्वासै गरेका थिएनन्। आचार्यले संघको ८ औं महाधिवेशनमा कुमार पन्त र डा. बद्री केसीको कांध चढेर जमुना गुरुङविरुद्ध चुनाव लडेर उपाध्यक्ष पद हात पारेका थिए।
फलानो वा फलानीले आत्महत्या गरेछ। कस्तो पापी रैछ। हेर परिवारको बिचल्ली। मलामी फर्केको १३ दिनसम्म आदि –इत्यादि सुनिन्छ। त्यसपछि छिमेकी आफन्त आफ्नो घरतिर लागेपछि परिवारका सदस्यले समेत मृत्युको दाग बोकेर बस्छन्।
फुपू सुनाउँदै जानुहुन्थ्यो– ‘सात दिन अगाडिदेखि घाँस काटेर खात लगाएर आएकी छु, पञ्चमीको भोलिपल्टसम्म जति खुवाए पनि पुग्छ, वस्तुभाउलाई। पानी बोकेर गोठका गाग्री ताउलो समेत भरिदिएकी छु, कसैले कुँडो पकाएर खान दिए वस्तुभाउ मर्दैनन्।
आज भाद्र महिना कृष्ण पक्षको औँसी तिथि, बाको मुख हेर्ने दिन अर्थात पितृ सम्मान दिवस। कर्म दिने पिता या बाको महिमा स्मरण गर्ने र सम्मान प्रकट गर्ने विशेष दिन।
भदौरे भेलजस्तै पार्टी फुटको लहर नै चलेको महिनामा टुटफुट कुनै नौलो होइन्। तर नौलो काम गर्ने भन्दै नयाँ पुस्तालाई डोराउने अभिभारा बोकेका पार्टी नै पुरानै शैलीमा प्रकट हुदा नयाँ मन कुडिएका छन्।
लोकतन्त्रको लागि पार्टी फुट्नु नराम्रो मानिन्छ। पार्टी होस या मुलुक एक भएकै राम्रो। दुई सय वर्ष अगाडि पृथ्वीनारायण शाहले चन्द्रागिरीमा देखेको नेपाल एकीकरणको सपना आजको दिन पनि निकै रोचक लाग्छ। यसै डाँडामा बसेर नेकपा एमाले टुक्रिएको कथा पढ्दा भने इतिहासका विद्यार्थीलाई कस्तो अनुभव होला?
राजनीतिमा जब निष्ठा र सिद्धान्तको मृत्यु हुन्छ, तब गाईजात्रा चलिहरन्छ। यसका लागि भाद्र कृष्ण प्रतिपदा कुर्नु पर्दैन।
अति भए पछि एकदिन उनले पसलबाट नयाँ ब्लेड किनेर ल्याईन् अनि बाहिर झरेको पाठेघर काटेर फाल्न थालिन्। ‘दिन दिनै हुने दुखाईभन्दा एकदिनको दुखाई सहन्छु भनेर काट्न थाले तर आधी भाग काटेपछि रगत धेरै बग्यो।’ उनी आफ्नै घाउसँग डराएर चिच्याईन्, कराईन्।
आशा गरौ, तालिबानमा कावुलीवाला कथाका थुप्रै ‘रहमत’ भेटिने छन् । तिनीहरुको झोलामा बारुद हैन किसमिस र कापी कलम हुने छ । जसका कारण अब मिनीहरुको अधिकार खोसिने छैन । मिनीहरुले स्वतन्त्ररुपमा पढ्न पाउने छन् । स्वतन्त्ररुपमा बाच्न पाउने छन् ।
प्रकृति आफैमा धेरै सुन्दर छ। तर हामीले त्यसलाई दूषित बनाइरहेका छौं।
मानिसले मानिसमाथि अपराध गर्दा दण्डसजाय भए जस्तै प्रावधान हुनुपर्दछ। त्यस्तै प्रावधान मानिसद्वारा प्रकृतिमाथि हुने सामुहिक बलात्कार सम्बन्धमा कठोर दण्डसजाय खोई ? हाम्रा साझा घर भत्काएर उजाड बनाउने जघन्य अपराधी तथा दोषीहरुलाई पाता कसेर कठघरामा उभ्याउने कानूनी प्रावधान कहिले आउने ?
रुकुममा भएको मनकलाको हत्याले भोलिका दिनमा यस्ता घटना दोहोरिन नदिन हामी सबैलाई पाठ पढाउनुपर्ने हो तर आम रूपमा उनको परिवारमा परेका बज्रपात उनका लागि सीमित हुने निश्चित छ।
साउनका थुप्रै समाचार लेखियो। मेहन्दी लगाएका थुप्र्र्र्रै हातका बुट्टेदार तस्बीर खिचियो। तर भक्तकुमारीको हातमा पोतिएको साउनको हिलो अहिलेसम्म देखेको मेहन्दी हातभन्दा उत्कृष्ट लागेको छ।
अहम्को लुतोलाई मल्हमले मात्र काम गर्दैन । आफूहरुमा भएको अहम्को लुतोलाई साउनको पहिलो दिनमै फालौं। अहम्लाई ढिलो गरेर पाले एक दिन यसलै स्वयम् व्यक्तिलाई नै फाल्ने छ।
यात्राका प्राकृतिक स्वागतकर्ता ढुंगाका काप र भुईं नै रंगीन बनाउने मौसमी फूलहरू चित्ताकर्षक थिए। रोमान्चकता र रमाइलोको बेजोड संगम समेटिएको यथार्थ वर्णन गर्न शब्दहरू मात्रै पर्याप्त छैनन्। साहसिक र सौम्य अनुभूति जागृत गराएको स्मरणयोग्य पाँचपोखरी यात्रा मानसपटलमा सदैव गुन्जिरहनेछ।
पीडाको पहाडले थिचिएको दुर्गम बस्तीभित्रका अबोध नागरिक। लालसाविहीन मुहारभित्र लोलाएका नजर। छलकपट र स्वार्थ कहीं कतै देखिंदैन यहाँ। १० वर्ष चलेको आन्तरिक द्वन्द्वले रुकुमका दुर्गम गाउँ आज पनि पुरानै अवस्थामा छन्। निस्वार्थीहरूको बस्तीमा नजर नपुगेका कारण परिवर्तनले गोरेटो कोरेको छैन।
भारतसित नझुकेर वर्तमान संविधान जनतामा समर्पित गर्ने सुशील कोईरालालाई संविधान पिता त भनिन्छ तर यै संविधानको पटकपटक बलात्कार गर्ने कम्युनिस्टको खिलाफ राजनीतिक लडाइँ लड्ने आट समेत आउँदैन।
दिदी ! मेरी रीता दिदी। तिमीलाई केही भएकै थिएन त। कसरी तिमी हरायौ, यो सृष्टिको माझबाट ? हामी पुराण सुन्थ्यौँ। पण्डितजी सुनाउँथे– मानिस मर्दैन, शस्त्र र अस्त्रले मानिसको विनाश गर्न सक्दैन।
मध्य असारको यो क्षणमा मुलुकभर पानी दर्किरहेको छ। तर एमालेभित्र सल्केको अविश्वासको आगो भने अझै निभ्न सकेको छैन। सामान्य आगो भए यो धेरै पहिल्यै निभिसक्थ्यो तर अहंमको आगो एक असारले त के हजारौं साउनले पनि निभाउन सक्दैन।
जनताले भोगिरहेको महामारीको चासो नगरी नेताहरु भने आफूलाई परेको महामारीको मात्र चिन्तामा छन्। यो बेला राष्ट्रपतिको चिन्ताभन्दा बढी राष्ट्र हितको चिन्तामा लागेर देशलाई बचाउनुपर्ने नेताहरु चार दिशातिर फर्केर तमाशा देखाइ रहेका छन्, नाटक, नौटंकी प्रदर्शनी गरिरहेका छन्।
हामीले जति लैंगिक समानताको कुरा गरेपनि तबला वादनको क्षेत्रमा पुरुषहरुलाई भन्दा महिलालाई बढी संघर्ष गर्नु परेको देखिन्छ । जसरी विवाह पूर्व महिलाहरुले तबलाको साधनमा यथेष्ठ समय दिन सक्षम भएका हुन्छन, विवाह पश्चात त्यति धेरै यथेष्ठ समय दिन नसकेको पाईन्छ । यसमा केहि मात्रामा परिवारको पनि असन्तुष्टी हो की भन्न सकिन्छ ।
यति बेला मान्छेका मनहरु फाँटेका छन्। कोरोनाको महामारीमा बाढी पहिरोले ‘नुनुचुक’ छरेको छ।योगका क्रियाले आत्मालाई परमात्मासंग जोड्ला नजोड्ला त्यो बुझ्न कठिन छ। तर सरकारले मुश्किलमा परेका जनतालाई सन्तुलितरुपमा राहतदिने हो भने जनताका फाँटेका मनहरुको योग हुने छ। अर्थात समाज फेरी जोडिने छ।