१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
ब्लग

निर्वाचनमा विचलन

अघिल्ला निर्वाचनहरुमा बहिष्कारको नीति ल्याएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले यो पटक घुमाउरो बाटोबाट उम्मेदवारी दिएका छन्।

बहिष्कारका नाममा जबरजस्ती र आतंक समेत सृजना गरेको उक्त पार्टीले हिंसात्मक गतिविधि समेत गर्न भ्याएको थियो। संसदीय प्रणाली र प्रजातान्त्रीक निर्वाचनहरुलाई अस्वीकार गर्ने उनीहरु पनि अन्य दलिय उम्मेदवार जस्तै नमस्कार मात्र बोकेर जनदैलोमा पुगेका छन्।

आफूले मान्नै नसक्ने भनिएको व्यवस्था र प्रणलीमा आउनु राजनितिक विचलन भएको जानकारहरु बताउँछन्। देशका विभिन्न पालिकाका केही पदमा उम्मेदवारी दर्ता गराएका नेकपाका कार्यकर्ताहरुसंग विगतमा बहिष्कार किन र यो पटक निर्वाचनमा सहभागीता किन भन्ने प्रश्नको गतिलो जवाफ समेत छैन।

२०५२ सालदेखि निरन्तर जनतामा राजनीतिक प्रशिक्षण भन्दै हिडेको माओवादी अनि वैद्य हुँदै विप्लवसम्म आइपुग्दा करिब ३ दशक जनदैलो मै छौ भनेका कम्युनिस्टहरुले यो अवधिमा के के सिकाए बुझाए त्यो गर्भ मै छ।

त्यसो त २०५२ भन्दा वर्षौ पहिला माले एमाले पनि जनताकै दैलोमा थिए। आश्वासन र चिप्ला कुराको भरमा जनताको भान्सामा निःशुल्क खानासंगै गरिएका आन्दोलन र युद्ध पछिको प्राप्तीले नेतृत्व वरपरको घेरा तोड्न भने सकेको छैन।

इतिहासका अनेक कालखण्डमा जनताका नाममा हिंसा र हत्या अबलम्बन गरेका विभिन्न कम्युनिस्टहरु घटकहरु अन्ततः संसदीय अभ्यासमा आएसंगै विचलन सुरु भएको विश्लेषकहरु बताउँछन्। झापामा काटिएका टाउकाको मूल्य हुँदै १७ हजारको रगत सुक्न नपाउँदै एकीकृत जनक्रान्तीका नाममा देखाइएको ललिपप फेरी उधारो भएको छ।

मार्सि चामलको भात हुँदै रोल्पा रुकुमका ढिडोको मूल्य आजसम्म तोकिएको छैन। वीपिको पालादेखि जनसेवामा लागेको भनिएको कांग्रेस भित्रको आन्तरीक कलहले जन भविष्य उहिलेदेखि अन्यौल छ। टिकट नपाएको झोकमा स्वतन्त्र बन्नेको चाहले पनि चुनाव थप फोहर भएको यतार्थ हो।

एजेण्डा नभएपछि नमस्कार बोकेर मतदाताको दैलोमा पुगेका उम्मेदवारहरु जिताउनु पर्ने कारण बिना जित्ने अभ्यासमा छन्। इतिहास मै दुर्भाग्य पूर्ण रहने यस्ता निर्वाचन र त्यसपछिका परिणामले गतिलो गर्ने गर्दैन भन्ने सबैलाई थाहा छ। जनताका नाममा गरिने निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुने गरि गतिविधि सञ्चालन गर्न दलहरु फेरी विचलनको बाटोमा नलागुन चेतना भया।

प्रकाशित: २१ वैशाख २०७९ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App