१६ चैत्र २०८० शुक्रबार
ब्लग

‘राम’ हराएको ‘जीवन’

उनको नाममै राम जोडिएको छ–जीवनराम। मर्यादापुरुषोत्तमको संभावना बोकेका उनी मर्यादा उलंघनको घनचक्करमा नराम्ररी उल्झीए।

मन्त्रीलाई लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्डलाई पक्राउ गराएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ चार दिनमै चौतर्फ आलोचनाको प्रमुख पात्र बने।  

ठमेलस्थित छायाँ सेन्टरमा बायोमेट्रिक्सको काममा गएका मन्त्री र लाइनमा बस्न आग्रह गर्ने  सुरक्षागार्ड शेरजंग गुरुङबीचको शुक्रबारबाट सुरु भएको विवाद सोमबार गुरुङ रिहा भएपनि अझै थामिएको छैन।

शुक्रबार सुरक्षागार्ड शेरजंग कुँवरले ‘जो भए पनि लाइनमा बस्न’भन्दै लाइन नमिच्न मन्त्रीसहितको टोलीलाई आग्रह गरेको उल्लेख छ। तर त्यसको केही समयमै मन्त्रीलाई अभद्र व्यवहार गरेको आरोपमा सुरक्षागार्ड पक्राउ परे। राज्यशक्तिको आडमा एउटा ‘शेर’को हिरासतमा राखेर  मुख थुन्ने प्रयास भएपनि आक्रोसका सयौ ‘शेरहरु’ मन्त्री र उनको कार्यशैलीप्रति एकै पटक गर्जिए।

राज्यशक्तिको आडमा एउटा ‘शेर’लाई हिरासतमा राखेर  मुख थुन्ने प्रयास भएपनि आक्रोसका सयौ ‘शेरहरु’ मन्त्री र उनको कार्यशैलीप्रति एकै पटक गर्जिए।

चुनावमा मुखमा अचानक देखिएको यो घटनाले मन्त्रीलाई मात्र हैन दलहरुलाई नै समस्यामा पार्ने अवस्था आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सोमबार प्रहरी हिरासतमा रहेका शेरजंग भेटेर  उनलाई स–सम्मान रिहा गर्न  गरेको आग्रह क्षणभरमै भाइरल बन्न पुग्यो।  

उनले त नियम मिचेर लाइनमा नबस्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठमाथि कानुन नमानेको अभियोगमा अनुसन्धान गर्न माग समेत गरे। यता पनि कुँवरले आफू निर्दोष रहेको भन्दै मन्त्रीलाई कुनै दुर्व्यवहार नगरेको  बताएका छन्। कतिपयले त सामाजिक सन्जालमा ‘मन्त्री श्रेष्ठको विरुद्धमा सुरक्षागार्डलाई उठाउनु पर्ने तर्क समेत सारे।

त्यस्तै कतिपयले  विभिन्न देशका प्रधानमन्त्री र राष्ट्रपतिहरुले आम नागरिकप्रति देखाएको सद्भाव र नम्रताको तस्बिरसहितका उदाहरण दिए। कतिपयले त क्यानडा जादै गरेका मन्त्रीको भिसा रद्ध गर्नु माग समेत उठाए।

आक्रोश यसरी बढ्यो की पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश पाएको प्रशासनले चौथौ दिनमै  शेरलाई रिहा गर्न बाध्य भयो। आक्रोश थामिने नभएपछि मन्त्रीले आफ्नो बचाउ गर्दै  सुरक्षागार्ड शेरले नै आफूमाथी दुव्र्यववहार गरेको आरोप पटक–पटक लगाए।  

त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको भन्दै मन्त्री चोख्नि खोजे। यता शेर हिरासतमा चुप थिए। मन्त्री मिडियामा सुरक्षागार्डमाथीनै आरोप लगाउँदै हिड्थे। जनता चनाखो थिए। उनीहरुले हिरासतमा थुनिएको सत्यलाई छिटै चिनिहाले। यस पटक बोल्नेको पिठो बिकेन। चुप रहनेको पक्षमा जनमत बढ्यो।  

गल्ती सुरुमा सामान्य देखिन्छ। जब गल्ती लुकाउने प्रयास हुन्छ त्यो असामान्य हुन्छ। जब लुकाउन खोज्दापनि उदागिंन्छ, तब त्यो भयंकर हुन्छ। तिलदानो पाहाड बनेर निस्क्न्छ।  

आफूप्रति भएको आक्रमण नरोकिएपछि सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन मन्त्रीले सामाजिक सन्जालमा आग्रह समेत गरे। आफूप्रतिको आक्रोसलाई ‘जनरलाईज’ गर्ने मन्त्रीको  प्रयासमा थोरै भएपनि सत्यता छ। हो,  यो, आक्रोश  जीवनरामप्रति मात्र हैन। ‘राम’ गुमाएका ति तमाम ‘जीवन’प्रति हो। जो लोकतन्त्रमा पनि रावणराज चाहन्छन्।

प्रकाशित: २१ भाद्र २०७९ ०८:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App