जहाँ प्रत्येक साँझ बर्सिन्छ पवित्रताको गंगासागर

६ वर्षअघि गंगासागर पोखरीको पानी अहिलेको जस्तो कञ्चन थिएन। पोखरीको आवरण पनि अहिलेको जस्तो मनमोहक थिएन। यस पोखरीको पानी कालो र आवरण फोहर थियो। जनकपुरधामको मुटुमै अवस्थित यस पोखरीलाई कायाकल्प गरी रमणीय बनाइएपछि अहिलेको गंगासागर बनेको हो।