८ वैशाख २०८१ शनिबार
भिडियो

मानसिक स्वास्थ्यप्रतिको बुझाइ अझैपनि सकारात्मक छैन: मनोवैज्ञानिक रोजिशा

मानसिक रोगी हुनु सामान्य हो

 विश्व स्वास्थ्य संगठनको आव्हानमा हरेक वर्षको अक्टुबर १० लाई विश्व मानसिक स्वास्थ्य दिवसका रुपमा मनाउने गरिन्छ। सन् १९९२ देखि संयुक्तराष्ट्रमा आवद्ध देशहरुले विभिन्न कार्यक्रमसहित दिवस मनाउँदै आएका छन्। ‘मानसिक स्वास्थ्यको लागि एकसाथ अगाडि’ भन्ने नाराकासाथ आज विश्व मानसिक स्वास्थ्य दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ।  

हरेक वर्ष करिब ३० करोड मानिसहरु संसारमा डिप्रेशनको शिकार भइरहेका छन्। हरेक ४० सेकेण्डमा विश्वको कुनै न कुनै कुनामा एकजना मान्छेले आत्महत्या गर्ने डरलाग्दो तथ्यांक विश्व स्वास्थ्य संगठनको छ। दुर्घटनामा परेका व्यक्तिहरुलाई भौतिक प्राथमिक उपचार गरिएजस्तै भावनात्मक अनि संवेदनात्मक दुर्घटनामा परेका व्यक्तिहरुलाई तत्कालै सही मानसिक प्राथमिक उपचार गर्न जरुरी पर्ने मनोवैज्ञानिक रोजिशा शाही ठकुरी बताउँछिन्। मानसिक रोगलाई सामान्य रुपमा लिनुपर्ने शाहीको बुझाइ छ।  

‘जुनसुकै रोग हुनु सामान्य कुरा हो तर उपचार राम्रोसँग हुनुपर्छ,’ उनी थप्छिन्, ‘पानीमा भिजे ज्वरो आए जस्तै तनाब धेरै भए मानसिक रोग हुन्छ। यो सामान्य कुरा हो।’ नेपालमा मानसिक स्वास्थ्यको क्षेत्र अझै पनि ओझेलमा परेको छ। मानसिक रोगीलाई अपहेलना गर्ने, उपचारबाट वञ्चित गराउने, बाँधेर वा थुनेर राख्ने, खान नदिने, काम र जिम्मेवारी तथा अधिकारबाट वञ्चित गराउने, भुत–प्रेत वा बोक्सी लाग्यो भनेर उपचारको नाममा तातो पन्युले डाम्ने जस्ता अमानवीय व्यवहार गर्ने गरेको समेत देखिन्छ। मानसिक स्वास्थ्यलाई कुनै पनि व्यक्तिको कमजोरीको रुपमा हेर्ने गरेका कारण आफूलाई सक्षम देखाउन भएपनि रोग लुकाएर बस्ने गरेको मनोवैज्ञानिक शाही बताउँछिन्।

‘हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंकको रुपमा हेरिन्छ।’ उनी थप्छिन्,‘हामी मानसिक समस्या छ भने उपचार होइन लुकाउन खोज्छौ, आफू सक्षम छु भनेर देखाउन खोज्छौं, मानसिक स्वास्थ्यकर्मीलाई भेट्दैँनौं। जस्ले गर्दा समस्या बढ्दो छ।’

‘हाम्रो समाजमा मानसिक स्वास्थ्य प्रति व्यक्तिको बुझाइ, धारणा, सोचविचार अझै पनि सकारात्मक हुन सकेको छैन। मानसिक स्वास्थ्यलाई कलंककोरुपमा हेरिन्छ।’ उनी थप्छिन्,‘हामी मानसिक समस्या छ भने उपचार होइन लुकाउन खोज्छौं, आफू सक्षम छु भनेर देखाउन खोज्छौ, मानसिक स्वास्थ्यकर्मीलाई भेट्दैँनौं। जसले गर्दा समस्या बढ्दो छ।’  

सन् २०१३ मा मिस नेपालको पहिलो उपविजेता र ‘मिस अर्थ’ को ताज समेत चुमिसकेकी मनोवैज्ञानिक रोजिशाले ‘ग्याङस्टार ब्लूज’ र ‘आधा लभ’ चलचित्रमा अभिनय गरिसकेकी छिन्। कलाकार एवं समाजका प्रतिष्ठित मान्छेलाई मानसिक समस्या बढी हुने गरेको अनुभव उनी सुनाउँछिन्। कलाकारको व्यक्तिगत जीवन हुनुहुँदैन भन्ने आम मानिसको बुझाइ हुने गरेको रोजिशा बताउँछिन्।  

‘हामीले गर्ने सानो सानो कुरामा आम मानिसले कमेन्ट गर्छन्। जे गरे नि आलोचित हुनुपर्छ। त्यसलाई गम्भिरतापूर्वक लिए ठूलो समस्यामा परेका उदाहरण थुप्रै छन्। मसँग सल्लाह लिन आउने पनि धेरै छन्’, उनले भनिन्। नेपालमा मानसिक स्वास्थ्यको क्षेत्रमा राज्यकातर्फबाट पनि पर्याप्त लगानी हुन सकिरहेको छैन। मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने मनोचिकित्सक, मनोविद, मनोपरामर्शदाता, सामाजिक कार्यकर्ता, साइक्याट्रिक्स नर्सजस्ता जनशक्ति अत्यन्तै न्यून रहेको उनको अनुभव रहेको छ।

प्रकाशित: २४ आश्विन २०७८ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App