७ वैशाख २०८१ शुक्रबार
भिडियो

मनोहरा फाँटमा मधेशको गुन्जन

कतै भोजपुरी गीत, कतै मिथिलाको धुन। कतै भैया हो, कतै भैयाको खिलखिलाहट। कतै सूर्तीको थपथपाहट। दशै लगत्तै राजधानीका धान खेतमा मधेशको झल्को देखिएको छ। उपत्यकाका काठ क्षेत्रका फाँटमा तराईबाट धान काट्न आउने किसानका थुप्रै समूह देखिएका छन्।  

तिनै समूहमध्ये एकका सदस्य हुन् ६५ वर्षीय रामपुकार यादव। छठ पर्व मनाउने रहरमा दशैसमेत दाउँमा लगाएर काममा आएका उनी राजधानी फाँटमा रमाउँदै छन्। ‘अहिलेको कमाएको पैसाले छठ पर्व मनाउने छौ,’ उनले भने, ‘त्यसैले रमाएर काम गर्दै छौ।’

हरेक वर्ष दसँैअघि उनीहरू समूहमा राजधानी भित्रिन्छन्। उनीहरू बिहानैदेखि साँझ अबेरसम्म धान खेतमा काम गरेर बिताउँछन्। यसबापत उनीहरूले दैनिक ९ सयको हाराहारीमा पारिश्रमिक पाउँछन्।एक महिना यहाँ काम गरेपछि उनीहरू घर फर्कन्छन्। फुर्सद भएकाले कामको खोजीमा राजधानी आएको उनीहरू बताउँछन्।

उनीहरू हरेक बिहान सवेरै धान काट्न निस्कन्छन्। बिहानको खाना खेतको आलीमा बसेर खान्छन्। दिनभर काम गर्छन्। खेतमै खाजा खान्छन्। अनि धानको बोरा बोकेर जग्गाधनीको घरमा पुग्छन्। साँझको खाना भने उनीहरूको घरमै खान्छन्। उनीहरू सामूहिकरूपमा बस्दै आएका छन्।

उनीहरू आउँदा उपत्यकाका किसानलाई पनि सजिलो भएको छ। युवाहरू रोजगारीका सिलसिलामा खाडीलगायत देशमा पुगेपछि खेती गर्नेको कमी हुँदा तराईबाट आउने दाजुभाइले धान भित्र्याउने काममा सजिलो बनाइदिएको मूलपानी मिलनचोकमा विश्वनाथ घोरासाइने सुनाउँछन्।

प्रकाशित: ४ कार्तिक २०७८ १२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App