२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कैफियत भेटिएको एक वर्षपछि पत्र

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमनको एक वर्षपछि कैफियत भेटिएका फर्मलाई उपस्थित हुन पत्र काटेको छ।

महामारी नियन्त्रण गर्न सात करोड

प्रदेश–२ मा कोरोना महामारी त्रास बढ्न थाले पछि महामारी नियन्त्रणको लागि प्रदेश सरकारले थप सात करोड निकासा गरेको छ । मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले कोभिड अस्पताल निर्माण तथा हाल सञ्चालनमा रहेका आइसोलेसनहरूको थप व्यवस्थापन, बिरामीहरुको खाना खाजा, बेड संख्यामा वृद्धि आदि कार्यका लागि सात करोड निकासा गरेको हो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भएको प्रत्याभूति गराउन सके पर्यटक आउने

होटल व्यवसायीहरूले नेपालमा कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि राम्रो काम भइरहेको प्रत्याभुति गराउन सके धेरै संख्यामा पर्यटक आउन सक्ने बताएका छन् । होटल संघ नेपालका उपाध्यक्ष विनायक शाहले विदेशी पर्यटकहरूलाई नेपाल जाँदा कोभिडको संक्रमण छैन भन्ने कुराको प्रत्याभूति सरकारले गराउनुपर्ने बताएका छन् ।

उत्तर कोरियामा कोरोना नियन्त्रण गर्न संकटकाल घोषणा

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोना भाइरसबाट संक्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

६ लाख बढी मूल्यका ३० पाडापाडी नियन्त्रणमा

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका भैसीका ३९ वटा पाडापाडीलाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय कृष्णगनर र बहादुरगंजको टोलीले ६ लाख ३० हजार मूल्यको पाडापाडी बरामद गरेको हो ।

'कोरोना नियन्त्रण होस, सुख शान्तिले बाँच्न पाइयोस'

हरेक वर्षको नाग पञ्चमीको दिनमा जुम्लादेखि सरकारी टोेली बडिमालिका तिर प्रस्थान गर्छ । त्यो टोलीको एउटै मात्र पुकार हुन्छ,‘देशमा शान्ति स्थायीत्व होस, मनोकानमा सबैका पुरा होउन् ।’

अपेरटर खनाल अख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्जले भेरी अस्पताल नेपालगन्जका कम्प्युटर अप्रेटरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

एक हजार १२९ स्थानीयको स्वास्थ्य जाँच

कोभिड–१९ को महामारीकाक्रममा खोटाङमा युवा जागरण कोरोना नियन्त्रण अभियानले एक हजार जनाभन्दा बढि स्थानीयको निःशुल्क स्वास्थ्य जाँच गराएको छ ।

बोलपत्र च्यातेको आरोपमा चार जना वडाध्यक्षहरु प्रहरी नियन्त्रणमा

कोहल्वी नगरपालिकाले कार्यपालिका र नगरसभाको निर्णयबिना नै आइतबार बाटो मर्मत सम्भार शुल्कको बोलपत्र खोल्न लागेको भन्दै असंतुष्ट बनेका वडाध्यक्षहरुले त्यसलाई रोक्न खोज्दा बिबाद भएको छ।

अवैध काठ बोक्ने तीन ट्रक प्रहरी नियन्त्रणमा

उदयपुर प्रहरीले अवैध गोलीया काठसहित ३ वटा मालबाहक ट्रक नियन्त्रणमा लिएर डिभिजन वन कर्यालय त्रिबेणीलाई बुझाएको छ ।

कोभिड–१९: नियन्त्रणका प्रयास

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

कोरोना नियन्त्रणमा २७ करोड खर्च

पत्रकार सम्मेलनमा प्रमुख सचिव दिनेश भट्टराईले प्रदेश १ मा २७ करोड ३३ लाख ८९ हजार ८ सय ९० रुपैयाँ विभिन्न मन्त्रालयलाई निकासा भई खर्च हुनेक्रममा रहेको बताए । प्रदेश १ मा हाल सम्म कोरोना नियन्त्रण, रोकथाम र उपचारका लागि ३३ करोड ५४ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ ।

कोरोना नियन्त्रणमा दुई करोड बजेट

पाटन नगरपालिकाले कोरोना भाइरस रोकथाममा दुई करोड रुपैयाँ छुट्टाएको छ । आगामी आर्थिक वर्षको लागि उक्त रकम छुट्टाएको हो । स्थानीय तह प्रकोप व्यवस्थापन कोषमार्फत् कोरोना भाइरस नियन्त्रण रोकथाम र व्यवस्थापनमा सो रकम खर्च गरिने नगपालिकाले जनाएको छ ।

सलह नियन्त्रणलाई गण्डकीमा र्‍यापिड रेस्पोन्स’ टोली

गण्डकी प्रदेशमा सलह कीराले कृषिबालीमा पुर्‍याउन सक्ने सम्भावित क्षति न्यूनीकरण तथा आवश्यक सहजीकरणका लागि गण्डकी प्रदेश सरकारले द्रुत प्रतिकार्य समूह(र्‍यापिड रेस्पोन्स टोली) गठन गरेको छ।

कोरोना नियन्त्रण जिल्ला समिति भन्छ : मन्त्रालयले ढाँट्यो, मन्त्रालय भन्छ : ७७ जिल्लै संक्रमित

कोरोना नियन्त्रण तथा व्यवस्थापन समिति ताप्लेजुङले आईतवार बिहानै एक बिज्ञप्तीमार्फत ‘ताप्लेजुङमा अहिले सम्म कोरोना संक्रमित फेला नपरेको भन्दै कोरोना संक्रमण नभएको जिल्लाको रुपमा रहन पाएकोमा खुसी छौं’ भनेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्