२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

६ लाख बढी मूल्यका ३० पाडापाडी नियन्त्रणमा

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएका भैसीका ३९ वटा पाडापाडीलाई नियन्त्रणमा लिइएको छ । ईलाका प्रहरी कार्यालय कृष्णगनर र बहादुरगंजको टोलीले ६ लाख ३० हजार मूल्यको पाडापाडी बरामद गरेको हो । बिना क्वारेन्टाइन जाँच पास गरी चोर नाका हुँदै पाडापाडी भित्र्याइएको हो ।  

नियन्त्रणमा लिइएका पाडपाडीलाई आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार कार्यालय र सुठौली भन्सार कार्यालय कपिलवस्तुमा पठाइएको प्रहरी नायब उपरिक्षक सुनिल मल्ले बताए ।

प्रकाशित: १० श्रावण २०७७ १३:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App