१९ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

आफ्नै निर्वाचन क्षेत्रमा रविलाई सहकारी पीडितले देखाए कालो झण्डा

सहकारी पीडितहरूले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा चितवन क्षेत्र नम्बर-२ का  सांसद् रवि लामिछानेलाई चितवनमा कालोझण्डा देखाएका छन्।

आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी हुन मुग्लिन आएका बेला सहकारी पीडितहरूले लामिछानेविरुद्ध नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन्।

सार्वजनिक सुनुवाइ सकेर फर्किने क्रममा लामिछानेलाई मुग्लिनबजारमा सहकारी पीडितहरूले कालोझण्डा देखाएका थिए। सहकारी पीडितहरूले सहकारी ठग मुर्दावाद, सहकारी पीडितलाई न्याय दे, हाम्रो समस्या समाधान गर जस्ता नारा लगाएका थिए।

नाराबाजीका बिच प्रहरीले लामिछानेलाई सुरक्षा दिएर आफ्नो गन्तव्य तर्फ पठाएको थियो। सहकारी पीडितको विरोध पश्चात् रास्वपाका कार्यकर्ता बिच सामान्य झडपको सृजना भएको मुग्लिनका पत्रकार रोहिणी त्रिपाठीले जानकारी दिए। प्रहरीले ठुलो झडप हुन दिएन।

प्रदर्शन लगत्तै प्रहरीले कालोझण्डा खोसेको थियो। चितवनमा साहारा चितवन बहुउद्देश्य सहकारीबाट करिब १३ करोड बराबरको रकम गोरखा मिडियामा गएको छ। उनीहरुले पटक पटक रविलाई भेट गरेर समस्या समाधान गर्न आग्रह गरेपनि बचत फिर्ता पाएका छैनन्।

प्रकाशित: १८ आश्विन २०८१ १७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App