६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

देउवाको गृहप्रदेशमा कांग्रेस कार्यकर्ताको नारा- सुदूरपश्चिम के भन्छ, शेखर दाइलाई ले भन्छ

१५औं महाधिवेशनको तयारीस्वरूप शुक्रबार सुदूरपश्चिम प्रदेश पुगेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको समर्थनमा नाराबाजी भएको छ ।

सुदूरपश्चिमका ९ जिल्लाका सभापतिहरूसँग भेला तय गरेका शेखरको पक्षमा धनगढी विमानस्थलमा भेला भएका कार्यकर्ताहरूले नाराबाजी गरेका हुन् ।

उनीहरूले ‘भावी सभापति शेखर कोइराला जिन्दावाद, सुदूरपश्चिमले के भन्छ, शेखर दाइलाई ले भन्छ’ लगायतका नारा लगाएका थिए ।

त्यसअघि शेखरले पत्रकारहरूसँग कुराकानी गर्दै पार्टी सभापति शेरबहादुर देउवासँग कुनै तिक्तता नभएको बताएका थिए । उनले भनेका थिए, 'उहाँ मेरो पार्टी सभापति हो, नेता हो । अझ दाइसमान हो । उहाँसँग केही छैन ।'

सुदूरपश्चिम सभापति देउवाको गृहप्रदेश हो । त्यहाँ उनलाई १५ किलोको माला लगाइदिइएको थियो ।

प्रकाशित: ५ पुस २०८१ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App