६ पुस २०८१ शनिबार
image/svg+xml
राजनीति

एनपिएलको फाइनल हेर्न देउवा, दाहालदेखि मुख्यमन्त्रीसम्म

त्रिवि क्रिकेट मैदानमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेलले राजनीतिक र खेलप्रेमीहरूमाझ विशेष उत्साह पैदा गरेको छ।

सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच उपाधिका लागि प्रतिस्पर्धा भइरहेको खेलमा मैदान दर्शकले खचाखच भरिएको छ। टिकट पहिलो दिनमै केही घन्टामै सकिएपछि खेलप्रेमीहरूले मैदानबाहिरबाट र रूख वा निर्माणाधीन भवनका पिल्लरहरूमा बसेर समेत खेल हेर्न प्रयास गरिरहेका छन्।

फाइनल खेलमा नेपाली राजनीतिक क्षेत्रका प्रमुख नेताहरूको समेत उपस्थिति छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दर्शक दीर्घाबाट खेल हेरिरहेका छन्। यसै गृहमन्त्री लगायका अन्य मन्त्री तथा संसद्हरु पनि एनपिएलमा रमाइरहेका छन्।

सुदूरपश्चिम रोयल्सलाई समर्थन गर्न सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र जनकपुर बोल्ट्सलाई समर्थन गर्न मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह मैदानमा उपस्थित भएका छन्।

प्रकाशित: ६ पुस २०८१ १५:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App