१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
खेल

एभरेस्ट महिला भलिबल लिग: ललितपुरलाई हराउँदै कर्णालीले जित्यो उपाधि

कर्णाली यसभिएसले एभरेस्ट महिला भलिबल लिगको उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको छ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा शनिबार सम्पन्न फाइनल खेलमा कर्णालीले ललितपुर क्विन्सलाई ३-२ को प्रतिस्पर्धामा पराजित गर्दै विजयी बन्यो।

कर्णाली यसभिएसले जारी लिगमा अपराजित यात्रा गर्दै उपाधि जितेको हो। पहिलो दुई सेटमा २५-१७ र २५-२० ले जित हात पारेपछि उपाधिको ढोका खोलिसकेको कर्णालीलाई ललितपुरले तेस्राे र चौथो सेटमा २५-१९ र २५-२२ ले हराएर खेलमा फर्कने प्रयास गर्‍यो। तर अन्तिम पाँचौँ सेटमा कर्णालीले १५-१३ को कडा प्रतिस्पर्धामा बाजी मार्दै उपाधि चुम्न सफल भयो।

लिगमा सहभागी ६ टोलीले राउन्ड रोबिन लिगका आधारमा एकअर्कासँग प्रतिस्पर्धा गरेका थिए। अन्ततः शीर्ष दुई टोली कर्णाली र ललितपुर फाइनलमा प्रवेश गरेका थिए।

प्रकाशित: १९ आश्विन २०८१ २०:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App