२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अष्ट्रेलियामा घर घरमै पुगी कोरोना परीक्षण गरिने

अष्ट्रेलियामा स्वास्थ्यकर्मीहरुले घर घरमा गएर कोरोना परीक्षण गर्ने भएका छन् । कोरोना भाइरसबाट अत्यधिक मानिस सङ्क्रमित देखिएको मेलबर्नमा रहेका दश हजार घर परिवारमा यसरी कोरोना परीक्षण गर्न लागिएको हो ।

प्रदेश १ : कोरोना नियन्त्रणमा भएको खर्च सार्वजनिक

प्रदेश १ को सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा भएको खर्च सार्वजनिक गरेको छ । खर्च सार्वजनिक गर्न माग गर्दै प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले सोमबारको प्रदेश सभा वैठक अवरुद्ध पारेपछि प्रदेश सरकारले खर्च विवरण सार्वजनिक गरेको हो ।

‘असोजमा कोरोना नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएका हौं’

गण्डकी प्रदेश सरकारले असोजमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा आउने विश्वासका साथ बजेट ल्याएको जनाएको छ ।

प्रदेश २ मा कोरोना नियन्त्रण हुँदै, २४ घण्टामा मात्र ९ जनामा संक्रमण

तिब्र गतिमा कोरोना भाइरस संक्रमण बढिरहेको प्रदेश २ मा लगातार दोस्रो दिन नियन्त्रित पाइएको छ । शुक्रबार यस प्रदेशमा २ महिला र ७ जना पुरुषगरी कुल ९ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि बिहीवार प्रदेश २ मा ६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

कोरोना नियन्त्रणबारे कांग्रेसले दियो सरकारलाई १३ सुझाव (ज्ञापनपत्रसहित)

कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणको नेतृत्वको टोलीले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनत्रपमा सरकारको गैरजिम्मेवारीपन, अकर्मण्यता, असक्षमताले देशभरि संक्रमण फैलिएको आरोप लगाइएको छ।

कोरोनासँग लड्न यसरी बढाउनुस् रोग प्रतिरोधात्मक क्षमता

स्वास्थ्य मन्त्रालयले पनि आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रमा लामो अनुभव भएका चिकित्सक तथा विज्ञसँगको परामर्शका आधारमा कोरोनाविरुद्ध लड्ने तथा रोग प्रतिरोधी क्षमता कसरी विकास गर्न सकिन्छ भनेर ‘प्रोटोकल’ निर्माण गर्‍याे। प्रोटोकल गत जेठ १५ गते स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले स्वीकृत गरेपछि कार्यान्वयनमा आएको छ।

कर्णाली प्रदेशको बजेट ३३ अर्ब ७४ करोड

कर्णाली प्रदेश सरकारले महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनालाई केन्द्रित गर्दै आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले ३३ अर्ब ७४ करोडको बजेट प्रस्तुत गरेका हुन् ।

वित्तीय ३४ र भौतिक १० प्रतिशत मात्र

कोभिड १९ रोकथाम तथा नियन्त्रणको उद्देश्यले गरिएको लकडाउनले सडक विभाग मातहतका आयोजनाको निर्माण कार्य व्यापक मात्रामा खुम्चिएको छ । सरकारले चालु आर्थिक वर्षमा सडक विभाग मातहतका आयोजनाका लागि एक खर्ब २७ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । वर्षको ११ महिना पूरा हुँदा विभागले कुल बजेटको ३४.६ प्रतिशत (४४ अर्ब रुपैयाँ) मात्रै खर्च गर्न सकेको छ ।

कोभिड नियन्त्रणमा विपद् जोखिम न्यूनीकरण प्राधिकरणको भूमिका

चीनको वुहानबाट सुरु भएको कोरोना नेपालमा २०७६ माघ ९ का दिन वुहानबाट नै फर्किएका ३१ वर्षका युवामा देखापरेपछि नेपालमा पनि कोरोना भित्रिएको हो। पहिलो संक्रमित देखिएको ठ्याक्कै दुई महिना (२०७६ चैत १०) मा दोस्रो संक्रमित भेटिए।

कपिलवस्तुमा पनि युवाहरुले गरे प्रदर्शन

कोरोना नियन्त्रणमा सरकारले खर्च गरेको रकम पारदर्शी गर्नु, परीक्षणको दायरा बढाउनु पर्ने पर्नेलगायत मागहरू राखेर कपिलवस्तुको पूर्व पश्चिम राजमार्ग अन्र्तगत जितपुरमा शान्तिपुर्णरुपमा बिरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा समूहको अगुवाईमा भएको प्रदर्शनको क्रममा युवाहरूले विभिन्न नारा लेखिएको प्ले कार्डहरू पनि प्रर्दशन गरेका थिए ।

सरकारले सार्वजनिक गर्याे १० अर्बकाे खर्च विवरण, कुनमा कति ?

सरकारले काेराेना रोकथाम, नियन्त्रण र उपचारमा खर्च गरेकाे भनिएकाे १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्नदेशभर युवाहरु प्रदर्शनमा उत्रिएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेकाे छ । सीसीएमसी निर्देशन समितिको निर्णयअनुसार खर्च विवरण सार्वजनिक गरिएको हो ।

कांग्रेस सडकमा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोनाका कारण विकराल स्थिति बनेको भन्दै असार २ गते स्वदेश र विदेशबाट एकसाथ कार्यक्रम गरी सरकारको ध्यानाकर्षण गराउने भएको छ । कोरोना नियन्त्रणमा सरकार पूर्ण रूपमा असफल भएको निष्कर्ष निकालेको कांग्रेसले आगामी दिन अझै विकराल बन्नसक्ने जनाएको हो ।

प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नैप्रश्न

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नो सरकारसँग सय प्रतिशत सहमत हुन नसके पनि सन्तुष्ट भने रहेको दाबी गरेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेको कदम सही भएको उल्लेख गरे ।

भुल्केमा कोरोना नियन्त्रण, अन्यत्र फैलदै

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्के वैशाखभरी देशकै कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ बन्न पुग्यो । वैशाख ५ देखि ९ गतेभित्र नुरी मस्जिद आसपास भुल्केमा संक्रमित संख्या ५ महिलासहित ३२ पुगे ।

‘कोरोनालाई भन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती’

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्