२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

‘कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भयो, अब १० अर्बको हिसाब चाहिन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको आरोप लगाउँदै १० अर्बको हिसाब देखाउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले अहिलेसम्म पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको तर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै खर्च भएको भनिएको १० अर्बको विवरण पेस गर्न आग्रह गरेका हुन् ।

कोरोना नियन्त्रण गर्न सरकार पूर्ण असफल भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सरकार पूर्णरुपमा असफल भएको निष्कर्ष निकालेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकले कोरोना भाइरस रोकथाका लागि तयारी गर्नुको साटो सरकार लकडाउन घोषणा गरेर चुपचाप बसेको ठहर गरेको हो ।

ताप्लेजुङमा ६२ जना क्वारेन्टिनमा

ताप्लेजुङमा सोमवार बिहानसम्म ६२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिकाा सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार १० महिला र ५२ पुरुष गरी ६२ क्वारेन्टिनमा रहेका छन् । ८ स्थायी र ३ अस्थायी गरी ११ वटा केन्द्रमा उनीहरु क्वारेन्टिनमा रहेको प्रजिअ निरौलाले जानकारी दिए ।

बाढीबाट निजगढलाई बचाउन कार्यमा लाग्दा बदनाम गरियो : जनप्रतिनिधि

बकैया खोलामा आउने बाढीको पानीबाट निजगढलाई डुबानबाट बचाउन शुरु गरिएको नदी नियन्त्रणको कार्यसँग जोडिएर बदनाम र दुख दिने कार्य गरिएको निजगढका जनप्रतिनिधिहरूले गुनासो गरेका छन्।

कोरोना नियन्त्रण जटिल

संक्रमितको संख्या बढेसँगै स्वास्थ्यकर्मी अभावले चुनौती थपेको छ। जनशक्ति पूर्ति गर्न जिल्ला अस्पतालले विज्ञापन निकाल्दा पनि पदपूर्ति हुन सकेको छैन।

लकडाउन खुकुलो बनाउन सांसदको माग

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले लामो समयको लकडाउनले अर्थतन्त्रमा नराम्रो असर पार्ने भएकाले कोरोना संक्रमण नभएका ठाउँमा लकडाउन खुकुलो बनाउन सुझाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गरेका हुन् ।

कोरोना नियन्त्रण गर्न जुम्लामा ‘मेडिकल मार्च’

कोरोना भाइरस नियन्त्रण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जुम्लामा ‘मेडिकल मार्च’ सुरु गरेको छ । यहाँका एक नगरपालिकासहित सात वटा गाउँपालिकामा विशेषज्ञ चिकित्सक खटाएर ‘मेडिकल मार्च’सञ्चालन गरेको हो ।

कोरोना नियन्त्रणमा चुक्यो सरकार

सरकारको ध्यान संक्रमणसँग जुध्न आवश्यक व्यवस्थापकीय पक्षमा छैन, उल्टो विषयान्तर गरेर अकर्मण्यता छोप्ने र परिस्थिति आफ्नो अनुकूल बनाउन लकडाउनलाई उपयोग गर्ने नीतितिर अग्रसर छ।

कपिलवस्तुमा थप तीन जना कोरोनामुक्त

१४ दिनअघिदेखि बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत तीन जना आइतबार दिउँसो कोरोनामुक्त भई घर फर्किएका छन् ।

कोरोना नियन्त्रणमा भ्रष्टाचार, छानविनका लागि संसदीय समिति गठन माग

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणको काममा भ्रष्टाचार भएको आरोप लगाउँदै छानविनको माग गरेको छ । आइतबारको संसद् बैठकमा प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका तर्फबाट विशेष समयमा बोल्दै प्रमुख सचेतक केदार कार्कीले कोरोना नियन्त्रण, उपचार र व्यवस्थापनमा भ्रष्टाचार भएकाले छानविनका लागि संसदीय समिति गठन गर्न माग गरेका हुन्।

आपूर्तिमा सुधार नआए द्वन्द्व बढ्न सक्छ : चौधरी

सांसद एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली भत्किएकाले यसमा तत्काल सुधार नगरे सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् ।

नियतको राजनीति नगर्न कांग्रेसको चेतवानी

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कोरोना भाइरसको नियन्त्रणमा असफल सरकारलाई राष्ट्रियताको मुद्दामा नियतको राजनीति नगर्न चेतावनी गराएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै कांग्रेसले अरुलाई लाल्छना लगाउनभन्दा परिपक्व र जिम्मेवार पहलकदमी लिन आग्रह गरेको हो ।

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताएका छन्।

हटस्पटका नगर प्रमुखहरू भन्छन्, 'अब हात खडा गर्छौं'

कोरोना संक्रमणको रेड जोन प्रदेश २ मा संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ। सिरहा, धनुषा, महोत्तरी, रौतहट र बारा गरी ३५ जना नयाँ संक्रमित थपिँदा संक्रमितको संख्या दुई सय ६७ पुगेको प्रदेश २ सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्