coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ताप्लेजुङमा ६२ जना क्वारेन्टिनमा

ताप्लेजुङमा सोमवार बिहानसम्म ६२ जना क्वारेन्टिनमा रहेका छन् । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिकाा सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार १० महिला र ५२ पुरुष गरी ६२ क्वारेन्टिनमा रहेका छन् । ८ स्थायी र ३ अस्थायी गरी ११ वटा केन्द्रमा उनीहरु क्वारेन्टिनमा रहेको प्रजिअ निरौलाले जानकारी दिए ।  

निरौलाका अनुसार फक्ताङ्लुङ गाउँपालिकाको सिवाँ माविमा १८ जना,सिरिजङ्घा गाउँपालिकाको रजा मावि आम्बेगुदिनमा १० जना,मैवाखोला गाउँपालिका वडा नं २ स्थित निङ्वा शेर्पाको खाली घरमा ७ जना र सोहि गाउँपालिकाको वडा नं २ स्थित मैवाखोला माविमा ३ जना क्वारेन्टिनमा रहेका छन् । 

यस्तै मेरिङ्देन गाउँपालिकाको लिङ्तेपस्थित लक्ष्मी माविमा १० जना,सोहि गाउँपालिकाको थिङ्लाबुस्थित कनका आधारभूत बिद्यालयमा ३ जना,पाथीभरा याङ्वरक गाउँपालिकाको थेचम्बुस्थित थेचम्बु माविमा १ जना र सिदिङ्वा गाउँपालिका वडा नं ५ स्थित भञ्ज्याङ माविमा १० जना क्वारेन्टिनमा रहेका छन् ।

कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका अनुसार रहेका छन् । रजा मावि आम्बेगुदिन, मैवाखोला गाउँपालिका वडा नं २ स्थित निङ्वा शेर्पाको खाली घर र मेरिङ्देन गाउँपालिकाको थिङ्लाबुस्थित कनका आधारभूत बिद्यालय अस्थायी क्वारेन्टिनको रुपमा रहेका छन् । क्वारेन्टिनमा रहेका अधिकाँस भारतसहित तेस्रोे मुलुकबाट फर्किएका नागरिक रहेका छन् ।  

२४ बाहेक क्वारेन्टिनमा बसेका सबै पीसीआर परीक्षण गरी रिर्पोट नेगेटिभ आएका व्यक्ति रहेका छन् । फुङ्लिङ नगरपालिकासहितका केहि स्थानीय तहले भने बिगत देखि नै क्वारेन्टिनमा राख्ने प्रकृयामा अलमल गरेर जोखिमको चुनौती मोल्दै आएका छन् । 

प्रकाशित: २६ जेष्ठ २०७७ ०६:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App