८ वैशाख २०८१ शनिबार
अर्थ

‘कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भयो, अब १० अर्बको हिसाब चाहिन्छ’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले कोरोना नियन्त्रणका नाममा भ्रष्टाचार भएको आरोप लगाउँदै १० अर्बको हिसाब देखाउन माग गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रतिपक्षी सांसदले अहिलेसम्म पनि सरकारले कोरोना नियन्त्रणमा ध्यान नदिएको तर आर्थिक अनियमितता गरेको आरोप लगाउँदै खर्च भएको भनिएको १० अर्बको विवरण पेस गर्न आग्रह गरेका हुन् ।  

‘हामीलाई अब उत्तर चाहिन्छ, १० अर्ब रुपैयाँ खर्च कहाँ भयो ?, पाँचवटा पिसिआर मेसिन किन्ने, जम्मा २५ हजारवटा किट किनेर १० अर्बको खर्च देखाइएको छ,’ सांसद एवं कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले भने, ‘हामीलाई एकएक कुराको हिसाबकिताब चाहिन्छ ।’ यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त भएको भन्दै उनले थपे, ‘यो निर्लज्जताको पराकाष्ट हो । गर्भवती, कृषक, मजदुर, साना उद्योगी, ठूला उद्योगी र व्यापारीले प्रधानमन्त्रीको गीतबाट राहत पाउँदैनन्, तिनका लागि कार्यक्रम के छ ? जवाफ चाहियो ।’  

कोरोना संक्रमण बढ्दै जाँदा कति जनशक्तिको व्यवस्थापन गरियो, संक्रमण बढ्दै जाँदा कुन अस्पतालमा सामग्री थपियो ?’ उनले भने, ‘आरडिटी परीक्षण नगर्ने भनेर सबैले भन्दा आरडिटी परीक्षण गर्ने अपराधको जिम्मा कसले लिने ? जवाफ चाहियो ।’  

‘एक दुईजना निर्दोष कर्मचारीलाई सरुवा गरेर अपराधबाट सरकार भाग्न पाउँदैन,’ उनले थपे, ‘यो प्रश्न केवल प्रश्नका लागि होइन, संसद्ले उच्चस्तरीय समितिलाई चिन्दैन, यहाँ ल्याएर चिनाउनुप¥यो, उच्च स्तरीय समितिले एकएक उत्तर संसद्मा आएर दिनुपर्छ नत्र प्रधानमन्त्रीले जवाफ दिनुप¥यो । अब हामी जवाफ मागेर मात्र बस्दैनौं हिसाबकिताब दिएपछि मात्रै सबै प्रक्रिया सञ्चालन हुन्छ ।’  

‘अब क्वारेन्टिनमा बसेका मान्छेको पिसिआर नगर्ने रे, मरेको मान्छेको स्वाब परीक्षण नगर्ने रे, संक्रमित भएको मान्छेलाई १४ दिन क्वारेन्टिनमा राखेपछि घर पठाउने बेलामा पनि टेस्ट नगर्ने रे भन्दै उनले थपे, ‘बरु सरकारले यसो गरे हुन्छ, टेस्ट गर्नै बन्द गर्दिने, अनि नेपाललाई कोरोना फ्री देश भन्दिने, परीक्षण नभएपछि १ जनामा पनि संक्रमण देखिन्न ।’  

‘क्वारेन्टिनमा १ लाख ६६ हजार मानिस बस्छन् भनेर प्रधानमन्त्रीले हामीलाई बताउनुहुन्छ, यो क्वारेन्टिन हो कि मान्छे मार्ने कन्सनट्रेसन क्याम्प हो’ उनले भने ।  थापाले  भने, ‘अदालतले भन्यो, संसद्ले भन्यो, विज्ञले भने, पिसिआर टेस्टको दायरा बढाऊ तर सुदूर पश्चिममा स्वाब संकलन रोकिएको छ, प्रदेश २ मा १० हजारको रिपोर्ट नआएर क्वारेन्टिनमा छटपटाइरहेका छन् । सरकारको अक्षमताले गर्दा आज हामी यो अवस्था बेहोर्न  बाध्य भएका छौं ।’ 

प्रकाशित: २८ जेष्ठ २०७७ ००:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App