१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

कपिलवस्तुमा थप तीन जना कोरोनामुक्त

६ वर्षीया बालिकाले कारोना जितिन्

१४ दिनअघिदेखि बुटवलस्थित  कोरोना विशेष अस्पतालमा उपचारत तीन जना  आइतबार दिउँसो कोरोनामुक्त भई घर फर्किएका छन् । योसँगै कपिलवस्तुमा कोरोनामुक्त हुनेको संख्या १८ पुगेको छ ।  

बुद्धभूमि नगरपालिकाका एक  र यशोधरा गाउँपालिकाका दुई जना  कोरोनामुक्त भई घर फर्कको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए ।  

उता कपिलवस्तुको वाणगंगा नगरपालिका–४ ठाकुरापुरकी ६ वर्षीया बालिका कोरोना भाइरसलाई जितेर पूर्ण रूपमा निको भएकी छन् । जेठ १ गते काठमाडौंमा उपचारको क्रममा उनलाई कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको थियो । संक्रमणपछि काठमाडौंकै अस्पतालको आइसोलेसनमा उपचाररत बालिकाको दुईपटककै कोरोना रिपोर्ट नेगेटिभ आएको वाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बताए ।  

‘ठाकुरापुरकी ६ वर्षीया बालिकाको लगातार दोस्रो रिपोर्ट नेगेटिभ आएको जानकारी प्राप्त भएको छ । स्वास्थ्य शाखा प्रमुख पौडेलले  भने, ‘उनको अब नियमित अप्रेसनको काम सुचारु हुँदै छ ।’

उनी वैशाख २७ गते साँझ घाटीको अप्रेसनका लागि काठमाडौं गएकी थिइन् । त्यही बेला उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।  

कपिलवस्तुमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाराजगन्ज नगरपालिकाका ४ र शिवराज नगरपालिकाका एक जना पुरुषमा संक्रमण पुष्टि भएको हो । महाराजगन्जमा संक्रमित हुनेहरुमा वडा– ४ का तीन जना रहेका छन् भने वडा–११ का १ जना रहेका छन् । उनीहरुको उमेर ४०, ३७, ४१ र २५ वर्ष रहेको छ । योसँगै महाराजगन्जमा संक्रमितको संख्या ४७ पुगेको छ ।  

त्यस्तै, शिवराज नगरपालिका– ५ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको छ । संक्रमित सबै भारतबाट फर्किएका र क्वारेन्टिनमा छन् । कपिलवस्तुमा २ सय ७० जना संक्रमित भेटिएका छन् ।

प्रकाशित: १९ जेष्ठ २०७७ ०७:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App