२५ श्रावण २०७७ आइतबार

खोप नआए के होला ?

सबैभन्दा राम्रो खोप पनि अल्पकालका लागि र आंशिक हिसाबले मात्र सफल भएको अवस्थामा समेत आनीबानीमा परिवर्तन र विभिन्न एन्टीभाइरल औषधि सेवन कोरोना महामारी नियन्त्रण गर्न उपयोगी हुनेछन्।

आफैं मोटरसाइकल चलाएर पुगेका थिए अस्पताल, भेन्टिलेटर खाेज्दा-खाेज्दै गयाे ज्यान

प्रदेश सरकारको मातहतमा रहेको प्रादेशिक अस्पताल कोभिड डेडिकेटेड लेभेल २ अस्पताल हो। यही अस्पतालमा भेन्टिलेर सेवा उपलब्ध नहुँदा आइतबार कोरोना संक्रमित एक युवकले ज्यान गुमाएका छन्। यस घटनाले प्रदेश सरकारको कोरोना संक्रमण नियन्त्रणको भद्रगोल तयारीलाई छताछुल्ल पारिदिएको छ।

विश्वमा ९४ लाख व्यक्तिभन्दा बढीमा कोभिड–१९ सङ्क्रमण पुष्टि

विश्वमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि हुने व्यक्तिको सङ्ख्या ९४ लाखभन्दा बढी पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जानकारी गराएको छ।

कोरोना भाइरसबाट विश्वमा चार लाख ७४ हजारभन्दा बढीको मृत्यु, ९१ लाख ९४ हजारभन्दा बढी सङ्क्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ७४ हजार ५०३ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ९१ लाख ९४ हजार ९६० जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

उल्टो यात्रा

लुजडाउनले संक्रमण घटाउन सहयोग गर्ला भनेर विश्वास गर्नु अब नेपालका नदीहरू उत्तरतिर बहन्छन् भनेर कल्पना गर्नुजस्तै हो ।

विश्व कोरोना अपडेटः संक्रमितको संख्या ८० लाख नाघ्यो, ४ लाख ३६ हजारको मृत्यु

अहिले विश्वमा सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा फैलिरहेको छ । त्यहाँ यो खबर लेख्दासम्म २१ लख ६३ हजार ३ सय ३८ जना कोरोनाबाट संक्रमित भएका छन् ।

भारतमा एकैदिनमा ११ हजार ५०० भन्दा बढी संक्रमित, कुल संक्रमित तीन लाख ३२ हजार नाघे

भारतमा एक दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस संक्रमित भएका छन्। यद्यपी शनिबारको तुलनमा भारतमा संक्रमितको संख्यामा केही कमि आएको पाइएको छ।

भारतमा एकैदिनमा ११ हजार जना संक्रमित, कुल संक्रमित तीन लाख नाघे

भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ। शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ।

सँधै ढिलो आउँछ डब्लुएचओको सुझाव

विश्व स्वास्थ्य संगठनले आम मानिसले मास्क लगाउनुपर्ने सुझाव गत शुक्रबार मात्र सार्वजनिक ग-यो जब कि अधिकांश वैज्ञानिक तथा सरकारले मास्क लगाउन महिनौंअघि नै सुझाइसकेका थिए।

गण्डकी प्रदेशका क्वारेन्टिन भरिदै

गण्डकी प्रदेशका क्वारेन्टिन भरिभराउ हुन थालेका छन् । विदेशबाट घर फर्कनेको संख्या बढेसँगै प्रदेशका क्वारेन्टिन भरिन लागेका हुन् । गण्डकी प्रदेशमा कुल ८ हजार २ सय ७९ वेड क्षमताको क्वारेन्टिन रहेका छन् ।

दिल्लीका धार्मिकस्थल तथा मठमन्दिरहरु आजबाट खुले

गएको करिब साढे दुई महिनासम्म बन्द रहेका भारतको दिल्ली राज्यका धार्मिकस्थलहरुका साथै मठमन्दिरहरु आजदेखि खुलेका छन्। भारत सरकारले आजदेखि यहाँका मन्दिरहरु खुल्ने भनी जानकारी दिएको छ।

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

भारतमा एकैदिन झण्डै दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित, सात हजारको मृत्यु

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन्। जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन्।

लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग

कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्