२० वैशाख २०८१ बिहीबार
image/svg+xml

कोरोना भाइरसबाट विश्वमा ४ लाखभन्दा बढीको मृत्यु, ७० लाखभन्दा बढी संक्रमित

कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख ६ हजार २०७ पुगेको छ। साथै यस संक्रमणबाट विश्वभर ७० लाख ९२ हजार ९१९ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्धारा आफ्नो दैनिक प्रेस विज्ञप्तिमा जानकारी दिइएको छ।

भारतमा एकैदिन झण्डै दश हजार मानिस कोरोनाभाइरसबाट सङ्क्रमित, सात हजारको मृत्यु

भारतका सबै प्रदेशहरुमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा सङ्क्रमित भेटिएका छन्। जहाँ ८२ हजार ९६८ जना सङ्क्रमित भएका छन्।

लकडाउन खुलेका ठाउँमा टेन्टको अत्यधिक माग

कोरोनाभाइरसको त्रास र लकडाउनका कारण लामो समयसम्म बन्द भएर व्यापार व्यवसायहरु पुनः संचालन हुन थालेपछि टेन्टको माग ह्वात्तै बढेको छ।

कोरोना भएको आशङ्कामा युगाण्डाका प्रधानमन्त्री ‘आइसोलेसन’मा

युगाण्डाका प्रधानमन्त्री रुहकाना रुगुन्दा आइसोलेसनमा बस्न थालेका छन्। उनीसँग सम्पर्कमा आएको व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित भएको परीक्षणबाट पुष्टि भएपछि उनीले एकान्तमा बस्ने घोषणा गरेका हुन्।

आन्ध्र प्रदेशमा होटल रेष्टुरेन्ट र पर्यटन सेवा खुल्ने

भारतको आन्ध्र प्रदेश राज्यमा त्यहाँका होटल रेष्टुरेन्ट र अरु पर्यटकीय सेवासम्बन्धी कार्यालयहरु यही जुन ८ तारिख देखि खुल्ने भएका छन्।

भारतमा एकैदिन ९ हजार ८५१ संक्रमित, २७३ को मृत्यु

भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुदै गइरहेको छ। अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक संक्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ।

मुगुका एकसहित एक सय ६ जनामा कोरोना पोजेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा बिहीबार दिउँसोसम्ममा गरिएको पिसिआर परीक्षणमा मुगुका एकसहित एक सय ६ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ । दैलेखका मात्रै एक सय ५ जनामा कोरोना पोजेटिभ देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

क्वारेन्टिनको चाँप बढ्दो, परीक्षणको गति सुस्त

स्थानीय तहका जनप्रतिनिधि भन्छन् : भारतबाट आउनेको चाँप नघट्ने, क्वारेन्टिनमा बसेकाको परीक्षण पनि नगर्ने अनि कसरी क्वारेन्टिन व्यवस्थित गर्ने ?

कपिलवस्तुमा थप तीन जना कोरोनामुक्त

१४ दिनअघिदेखि बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत तीन जना आइतबार दिउँसो कोरोनामुक्त भई घर फर्किएका छन् ।

सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ

खोटाङमा सात जनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको छ । जन्तेढुंगा गाउँपालिकामा ३ जना, ऐसेलुखर्क गाउँपालिकामा २ जना र हलेसी तुवाचुङ नगरपालिकामा २ जनाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो ।

संक्रमण देखिएका दोलखाका वृद्धको सम्पर्कमा पुगेकाहरुको खोजी

उच्च रक्तचापका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि उपचारका लागि दोलखाबाट राजधानीको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेज पुर्‍याइएका जिल्लाका एक वृद्धमा कोरोना भाईरसको संक्रमन देखिएपछि उनको सम्पर्क भएका मानिसहरुको खोजी सुरु गरिएको छ ।

नाकामा जनसागर थामिएन, एक सातामा भारतबाट ३१ हजार बढी भित्रिए

दुई महिनादेखि बन्द गरिएको सीमामा प्रवेश खुला गरेपछि सुदूरपश्चिमको कैलालीको त्रिनगर र कंचनपुरको गड्डाचौकी नाकामा भारतवाट फर्कर्नेको भिड एकसातादेखि जारी रहेको छ ।

इद मुबारक !

रमजानमा गलत कार्य गर्न नहुने, झुट बोल्नु नहुने, लडाइँ, झगडा गर्नु नहुने लगायत पर्वको कडा नियमभित्र बस्नुपर्ने हुन्छ।

पीसीआर रिपोर्ट नआउँदै घर पठाइए संक्रमित

न्यूनतम मापदण्ड समेत पुरा नगरेका क्वारेन्टिनबाटै कोरोना संक्रमण फैलन सक्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेका छन् । रुपन्देहीमा पनि क्वारेन्टिन सुधारमा बेलैमा ध्यान नदिए मर्चवार क्षेत्रले नरैनापुरकै नियती भोग्नु पर्ने चेतावनी जनस्वास्थ्य विज्ञहरुले दिइरहेकै बेला यहाँको एउटा गाउँपालिकाले पिसीआर रिपोर्ट नआउदै संक्रमितलाई घर पठाइ दिएको घटना बाहिरीएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्