२३ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

युवा संघलाई उक्साएर तीनकुने हिंसा प्रधानमन्त्रीले नै गराए : राप्रपा सांसद प्रधान

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ध्रुवबहादुर प्रधानले तीनकुनेमा भएको हिंसात्मक घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यो घटना सरकारले नियोजित रूपमा गराएको आरोप लगाए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघलाई उक्साएर यो घटना गराएको उनको बुझाइ छ। सरकारले नियोजित ढंगले घटना घटाएर पार्टीका नेताहरूमाथि झूटा मुद्दा लगाएको उनको तर्क छ।

उनले भने, ‘तीनकुने घटनामा सबै खालको उत्तेजित गर्ने काम सरकारले गरेको भनेर आक्षेप लाइरहेको अवस्था हो। हामीले त्यही भनिरहेका छौँ। यो सरकारले नियोजित ढंगले गरेको छ। युवा संघ जसलाई प्रधानमन्त्रीले भन्नुपर्छ त्यस किसिमको उक्साहट किन लगाइयो? पार्टी आफ्नो कार्यक्रमहरू गर्न सक्छ तर यहाँ कसैको आस्थालाई कसैले मार्न सक्ने कुरा होइन नि। अब त्यसमा पनि अस्पतालका बिरामी हेर्न गएका सांसद धवल समशेरलाई पक्राउ गरियो, उपाध्यक्ष रविन्द्र मिश्रलाई पक्राउ गरेर संगठित अपराध, राष्ट्रद्रोहको मुद्दाहरू लगाउने काम गरिँदै छ। यो सबै सुरक्षाकर्मीले गर्दैन। यो सबैले निर्देशित हो।’

उनले देशमा अशान्ति फैलाउन सरकार लागिपरेको पनि आरोप लगाए।

प्रकाशित: २९ चैत्र २०८१ १६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App