राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन–२ मा घरदैलो अभियान सुरु गरेका छन्। सो क्रममा घरदैलो गरिरहेकी कांग्रेस उम्मेदवार मिना खरेलसँग शुभकामना आदानप्रदान पनि गरे।
लामिछानेलाई कांग्रेस कार्यकर्ताले मिना खरेललाई सहयोग गर्न अनुरोध गरेका थिए।
‘राम्रो उम्मेदवार पाउँदा हजुरबाट पनि साथ सहयोग पाउनु पर्ने हो चितवन २ मा यो दिदी चाहिने हो भनेर हजुरले पनि छोड्नु पर्ने हो कि भन्ने हामीलाई लागिरहेको छ,’ एक कार्यकर्ताले भने।
जवाफमा लामिछाने ‘हस्’ भन्दै गाडीभित्र पसेका थिए।
प्रकाशित: २३ माघ २०८२ १३:५५ शुक्रबार





