११ वैशाख २०८२ बिहीबार
image/svg+xml ३:१८ पूर्वाह्न
कला/संस्कृति

एक वर्षमा २ लाख २१ हजार दर्शनार्थीले गरे पाथीभराको दर्शन

२०८१ सालको बैशाख देखि चैत महिनासम्ममा ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा २ लाख २१ हजार ६ सय २ जनाले मन्दिरको दर्शन गरेका छन् । पाथीभरा क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैत महिनामा मात्र ४० हजार ४ सय ४५ जनाले मन्दिरको दर्शन गरेका छन् ।  

गत वैशाखदेखि चैत महिनासम्ममा कुल ३ करोड ५ लाख ५६ हजार १२ रुपैयाँ भेटी संकलन भएको छ । चैत महिनामा ५० लाख ५ सय रुपैयाँ भेटि गणना भएको क्षेत्र विकास समितिले जनाएको छ ।  

चालु आव गत साउनदेखि चैत मसान्तसम्ममा १ लाख ५८ हजार ७ सय ३५ जनाले मन्दिरको दर्शन गरेका छन् । चालु आवको साउनदेखि चैत मसान्त सम्ममा २ करोड ३ लाख ६८ हजार ७ सय ५६ रुपैयाँ भेटि संकलन भएको समेत क्षेत्र विकास समितिले जनाएको छ ।

प्रकाशित: ३१ चैत्र २०८१ १९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App