१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

संक्रमित खुल्न डराउँदा नियन्त्रणमा समस्या

समाजले नराम्रो दृष्टिले हेर्ने भएकाले एकातिर संक्रमित आफूसँग सम्पर्कमा आएका व्यक्तिबारे खुल्न चाहँदैनन् भने अर्कोतिर कन्ट्याक्ट टे«सिङमा परेका व्यक्ति जथाभावी हिँडडुल गर्दा संक्रमण न्यूनीकरणमा समस्या परेको छ ।

भारतबाट औषधि किन्ने सेनाको प्रक्रिया रद्द

औषधि खरिद गर्न लागिएको कम्पनी ब्युरो अफ फर्मा पिएसयुएस अफ इन्डिया (बिपिपिआई) सँग कानुनी रूपमा सम्झौता गर्न नमिलेका कारण वैशाखदेखि औषधि खरिद प्रक्रियामा अन्योल उत्पन्न भएको थियो ।

कोरोना परीक्षणको शुल्क अनलाइन भुक्तानी गर्दा थप २ सय छुट

सरकारले तोकेभन्दा कम शुल्कमा कोभिड–१९ को आरटी–पिसिआर परीक्षण गर्दै आएको ‘बिध ल्याब’ले कोरोना परीक्षण गर्दा लाग्ने खर्च अनलाइबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको छ ।

कोभिड–१९: नियन्त्रणका प्रयास

हाल सम्पन्नताको शिखर चुम्न सफल राष्ट्रहरूले एकैपटक रातारात सम्पन्नता हासिल गरेका होइनन्। यसका लागि उनीहरूले विज्ञान र वैज्ञानिकप्रति गरेको विश्वासका साथै सोहीअनुसारको त्याग र लगानीको प्रतिफल हो।

‘कोरोनालाई भन्दा समाजको गलत बुझाइलाई चिर्न बढी चुनौती’

म बाँकेको राप्तीसोनारी गाउँपालिका–८ को जनप्रतिनिधि (वडाअध्यक्ष) हुँ । कोरोना भाइरसको महामारीका कारण जब लकडाउन घोषणा भयो, त्यसपछि म आफ्नो वडाभित्र रहेका अति गरिब तथा विपन्न परिवारलाई राहत वितरणको काममा खटिएँ । हामी कोरोनाविरुद्ध अभियानमै रहेका बेला भारतमा अलपत्र परेका हाम्रै गाउँपालिकाभित्रका दाजुभाइ घर फर्किन थाल्नुभयो ।

लकडाउन खुकुलो बनाउन सांसदको माग

राष्ट्रिय सभाको बैठकमा सांसदहरूले लामो समयको लकडाउनले अर्थतन्त्रमा नराम्रो असर पार्ने भएकाले कोरोना संक्रमण नभएका ठाउँमा लकडाउन खुकुलो बनाउन सुझाएका छन् । शुक्रबार विशेष समयमा बोल्दै सांसद जितेन्द्रनारायण देवले लकडाउनको मोडालिटी परिवर्तन गर्न माग गरेका हुन् ।

कपिलवस्तुमा थप तीन जना कोरोनामुक्त

१४ दिनअघिदेखि बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारत तीन जना आइतबार दिउँसो कोरोनामुक्त भई घर फर्किएका छन् ।

आपूर्तिमा सुधार नआए द्वन्द्व बढ्न सक्छ : चौधरी

सांसद एवं उद्योगपति विनोद चौधरीले कोभिड–१९ का कारण आपूर्ति प्रणाली भत्किएकाले यसमा तत्काल सुधार नगरे सामाजिक द्वन्द्व निम्तिन सक्नेतर्फ सचेत गराएका छन् ।

कोरोनाको सामना लुकेर हैन जुधेर गरिन्छ : मुख्यमन्त्री पौडेल

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोनासँग डराएर ढोका थुनेर वा लुकेर मात्र नहुने भन्दै त्यसविरुद्ध जुध्ने र सामना गरेर अगाडि बढ्ने नीति लिइने बताएका छन्।

भारतबाट आउने नागरिकलाई पिसिआर गरेर मात्र घर ल्याउन आग्रह

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले भारतबाट नेपाल भित्रिने स्थानीयलाई सिमानामै पिसिआर परिक्षणपछि मात्र गाउँ ल्याउने व्यवस्थाका लागि स्थानीय सरकारलाई आग्रह गरेको छ ।

भारतबाट नेपाली भित्रिए संगै जुम्लामा उच्च सतर्कता

पछिल्लो समयमा भारतबाट नेपाली भित्रिने क्रम बढेपछि जुम्लामा उच्च सतर्कता अपनाउन थालिएको छ । भारतबाट भित्रिनेहरुको व्यवस्थापन र स्वास्थ्य सुरक्षाका बिषयमा सतर्कता अपनाउन थालिएको हो । जिल्ला विपद व्यवस्थापन समिति जुम्लाको आईतबार बसेको बैठकले भारत देखि भित्रिने नागरिकको उचित व्यवस्थापन र रेखदेखका लागि क्वारेन्टिनको प्राथमिकिकरण गरेको हो ।

भारतको क्वारेन्टिनमा बसेको युवकमा कोरोना संक्रमित

भारतबाट क्वारेन्टिनमा बसेर घर फर्केका एक युवकलाई कोरोना संक्रमित भएको पुष्टि भएको छ । भारतीय प्रहरीले जेठ १ गते १सय २ बिभिन्न क्वारेन्टिनमा बसेका नेपालीलाई मुर्तीहा सीमाबाट नेपाल पक्षलाई बुझाएको थियो ।

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

कोरोना नियन्त्रण नीति : हिँड्दै छ पाइला मेट्दै छ भनेजस्तै भएको छ

कोरोना महामारीका बेला हाम्रो जन्मभुमिप्रतिको स्नेह बढदै छ । कुनै बेला त्यहीं गाउँलाई खाते गाउँ भन्दै सदाका लागि रंगीन शहरीया जीवन बिताउने सोचमा हानिएका हामीलाई महामारीकै बेला निर्लज्ज कोरोना लिएर गाउँ पस्न मन लाग्दैछ । कुनै बेला एक टुक्रा जमिन समेत नजोगाएर बिक्री गरेर हिँडेका हामीलाई महामारीका बेला त्यहीं गाउँ अति प्यारो किन ?

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्