८ वैशाख २०८१ शनिबार
समाज

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आजदेखि गोरखा आएकाहरुको कोरोना परीक्षणपछि मात्रै घर जान पाउने भएका छन् । जिल्ला भित्रिनेहरुलाई सम्बन्धित नाकाको नजिक रहेको क्वारेन्टिनमा राखेर कोरोना परीक्षणपछि रिपोर्टका आधारमा मात्रै घर पठाउने सरोकारवालाहरुको बैठकले निर्णय गरेको प्रशासन कार्यालयका अधिकृत हर्क रोकाले बताए ।  

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए । समुहगत रुपमा प्रवेश गर्नेलाई मास क्वारेन्टिनमा राख्ने, सम्बन्धित पालिकाको जिम्मा लगाउने निर्णय बिहीबारको बैठकले गरेको छ । नाकामा रहेका क्वारेन्टिनलाई थप व्यवस्थित बनाउने, चेकजाँचमा कडाइ गर्ने, खाद्यान्न निर्माण लगायतका अत्यावश्यक सामग्री जिल्लाभित्र बिहान ६ देखि १० बजेसम्म ढुवानी गर्न दिने निर्णय भएको छ ।  

एम्बुलेन्समा मानिस आउजाउ गरेको गुनासो आएकाले जानेदेखि फर्कने ठाउँसम्म एम्बुलेन्सलाई चेकजाँच हुने भएको छ । कोरोनाका बिरामीलाई तत्काल उपचारमा सहयोग पुग्ने गरी दुई वटा एम्बुलेन्स जिल्ला प्रहरी कार्यालयमा तयारी राख्ने निर्णय समेत बैठकले गरेको प्रमुख जिल्ला अधिकारी  पौडेलले बताए ।  

प्रकाशित: ९ जेष्ठ २०७७ ०७:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App