भोलेदेखि दुर्घटना न्यूनीकरण अभियान तथा ट्राफिक सप्ताह
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक नियमको निष्पक्ष कार्यान्वयन, जनचेतना अभिवृद्धि तथा सवारी दुर्घटनाबाट हुने मानवीय, सामाजिक र आर्थिक क्षति न्यूनीकरण गर्ने उद्देश्यका साथ उक्त अभियान आयोजना गर्न लागिएको बताए।

