१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

बेलिब्रिज भाँचिदा ट्रक नदीमा खस्यो

संखुवासभामा बेलिब्रिज भाँचिदा ट्रक नदीमा खसेको छ । 

सङ्खुवासभाको मकालु गाउँपालिका–५ को नुम र वडा नं २ सेदुवा जोड्ने बेलीब्रिज भाँचिएर ट्रक नदीमा खसेको हो ।

आज बिहान सिमेन्ट बोकेको लावेट ट्रक तार्ने क्रममा बेलीब्रिज भाँचिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । उनका अनुसार ट्रक नदीमा खस्दा चालक सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ९ का ४० वर्षीय अर्जुन श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

उनको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचारपछि काठमाडौं लैजाने तयारी भइरहेको छ। निर्माणाधीन कासुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएको लोवेट ट्रक पुल भाँचिएपछि अरुण नदीमा खसेको हो। अरुण नदीको बेलीब्रिज भाँचिएपछि नुम–सेदुवा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ भने आवतजावत ठप्प बनेको छ।  

यसमार्ग हुँदै मकालु बेसक्याम्प जानेआउने गरिन्छ। पुल भत्किँदा स्थानीय, पर्यटक तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा प्रत्यक्ष असर परेको छ। उक्त पुल मर्मत तथा वैकल्पिक व्यवस्था मिलाउन समन्वय भइरहेको छ। विशेषगरी कासुवा हाइड्रोपावरसँग मर्मतसम्भारका विषयमा छलफल भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: १६ फाल्गुन २०८२ १२:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App