नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले यो पटकको निर्वाचन अपरिहार्य रहेको बताएका छन्।
रोल्पाको लिवाङमा चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाल निकै ठूलो अप्ठ्यारोमा परेको भन्दै देशलाई निकास दिन यो निर्वाचन अपरिहार्य रहेको बताएका हुन्।
देशमा देखा पर्न खोजेको संकट समाधान गर्न चुनाव आवश्यक रहेको उनको भनाइ छ। देशलाई विदेशी प्रतिक्रियावादी र तिनका दलालबाट जोगाउन पनि एउटा नयाँ एकता र दरो अडानको आवश्यकता रहेको उनले बताए।
संघर्ष र क्रान्तिकारी योद्धाको कारण नै देश अहिलेको अवस्थामा पुगेको भन्दै उनले शासकीय स्वरुप परिवर्तन गर्न बाँकी रहेको बताए।
प्रकाशित: १६ फाल्गुन २०८२ १५:५० शनिबार





