५१ वर्षीय दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ थलपति विजय अहिले व्यक्तिगत तथा व्यावसायिक विवादमा परेका छन्। अभिनेता गत डिसेम्बरमा आफ्नो ३० वर्षको सिनेमा करियरबाट सन्यासको घोषणा गरेका थिए।
उनको अन्तिम बहुप्रतिक्षित चलचित्र ‘जना नायकन’ ५०० करोडको लागतमा तयार भयो तर जब चलचित्र सिनेमाघरमा आउने पालो आयो चलचित्र कानुनी झमेलामा पर्न गयो। जाँच गर्ने सरकारी निकायले धार्मिक भावना र सशस्त्र बलको प्रतिकृति सम्बन्धी उजुरी आएको बताएको थियो। चलचित्र रिलिज हुनुअघि अप्रत्याशित कानुनी झमेलामा परेपछि निर्माताले मन्द्रास उच्च अदालतको सहारा लिन पुगेको थियो। जनवरी ९ बाट नै प्रदर्शनमा आउने तोकिएता पनि अहिलेसम्म चलचित्र सिनेमा घर सम्म आउन सकेको छैन।
अर्को तर्फ भने २७ वर्षसम्म उनीहरूको सम्बन्ध तमिल चलचित्र उद्योगका सबैभन्दा स्थिर र सन्तुलित सम्बन्धमध्ये एकका रूपमा हेरिन्थ्यो। हाल भने उनको लामो वैवाहिक सम्बन्ध अन्त्यतर्फ पुगेको संकेत देखिएको छ। यो समाचारले विजयको व्यक्तिगत र व्यावसायिक जीवनलाई नजिकबाट पछ्याउँदै आएका फ्यानलाई आश्चर्यचकित बनाएको छ। थलातिको पत्नि संगीता सोर्नालिंगमले पारिवारिक अदालतमा सम्बन्ध विच्छेदको निवेदन दर्ता तथा विश्वासघातको गम्भीर आरोप लगाएकी छिन्। विजय र संगीता सन् १९९९ अगस्तमा २२ मा विवाह बन्धनमा बाँधिएका थिए।
विजय र संगीताको पहिलो भेट पनि फिल्मी तरिकाले भएको थियो विजय जब आफ्नो चलचित्रको छयांकन चेन्नाईमा गरिरहेका थिए त्यसै क्रममा उनको भेट आफ्नो प्रशंसक संगीतासँग भयो जुन युकेमा बस्दै आएकी थिइन्। विजयले सबै प्रशंसकलाई घरमा निमन्त्रणा दिएका थिए त्यसमै संगीता पनि पुगिन्।
विजयको चलचित्रमा अभिनयको प्रशंसा देखी सुरु भएको संवादले यी दुईलाई विवाहसम्म लग्यो। विजय भने क्रिश्चियन थिए तर भने संगीता हिन्दु धर्मबाट विवाह भने हिन्दु धर्मबाट दुवैले गरेका हुन्। अन्तर जातीय तथा एक फैन र अभिनेताको विवाह त्यो समय उल्लेखनीय भयो। विजय र संगीताको दुई सन्तान छन्। छोरी दिव्या साश भने सन् २०१६ मा पिता विजयसँग चलचित्र ‘थेरी’ बाट डेब्यु गरिएकी हुन्।
प्रकाशित: १६ फाल्गुन २०८२ १३:२३ शनिबार





