४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

२६ गते रातभर राष्ट्रपतिसँग बसेर अन्तरिम सरकार बनाउन सहजीकरण गर्‍यौं: दाहाल

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले भदाैं २६ गते राति राष्ट्रपतिसँग रातभर छलफल गरेर अन्तरिम सरकार गठनका लागि आफूहरूले सहजीकरण गरेको बताएका छन्।

शनिबार कपिलवस्तुको कृष्णनगरमा आयोजित कपिलवस्तु-३ को चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

देश निकै विषम परिस्थितिबाट गुज्रिँदै निर्वाचनको सँघारमा आइपुगेको उल्लेख गर्दै दाहालले भने, ‘२६ गते राति मैले र कमरेड माधवकुमार नेपालले राष्ट्रपति भवनमा गएर रातभरि बसेर अन्तरिम सरकार बनाउने र ६ महिनाभित्र निर्वाचन गर्ने विषयमा समझदारी बनाउन आफ्नो तर्फबाट सहजीकरण गर्‍यौं।’

राजनीतिलाई सही दिशामा लैजाने र सहजीकरण गर्ने काममा आफ्नो पार्टीले सबैभन्दा बढी मिहिनेत गरेको उनको दाबी थियो।

यो निर्वाचनलाई केवल कुनै एक उम्मेदवारलाई जिताउने वा हराउने सामान्य प्रक्रियाको रूपमा मात्र लिन नहुने दाहालले बताए। ‘यो निर्वाचन राष्ट्रको स्वाधीनता, राष्ट्रिय एकता र नेपाली जनताको आत्मनिर्णयको अधिकारको रक्षा गर्ने एउटा ठूलो जनमत सङ्ग्रहजस्तै हो,’ उनले भने।

एकातर्फ युवाहरूको हत्या गर्ने र अर्कोतर्फ सिंहदरबारदेखि देशका धरोहरहरू जलाउने प्रवृत्ति सक्रिय रहेको भन्दै उनले राष्ट्र बचाउने र राष्ट्रिय एकताको पक्षमा दृढतापूर्वक उभिने शक्तिलाई मतदान गर्न आम मतदातालाई आह्वान गरे।

प्रकाशित: १६ फाल्गुन २०८२ १६:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App