२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

खोइ त सामाजिक दुरी ?

बर्दियाको गुलरियामा पिसिआर विधिबाट कोरोना परीक्षण गर्नका लागि थ्रोट स्वाब लिदै । थ्रोट स्वाब दिन आएका मानिसहरु सामाजिक दुरी नै कायम नगरी बेफ्रिकी भएर लाइन लागेका छन् । यसले झन कोरोना फैलाउने खतरा भएको दृश्यमा देखिन्छ ।

कोरोनाको खोप नबन्दासम्म मास्क र सामाजिक दुरी अपनाऔँ : मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस विरुद्धको खोप नबन्दासम्म सामाजिक दुरी कायम गर्ने र मास्क लगाउने नियमलाई कडाईका साथ कार्यान्वयन गर्नु पर्ने बताएका छन् । कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हरेक व्यक्तिले ‘दुई गजको दुरी’ भन्ने नियमलाई ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

व्यवसायीको ढोकामा पुगेर सिडिओले भने : ‘सामाजिक दुरी कायम गरिदिनुस’

जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा माइकसहित सुरक्षाकर्मी साथमा लिएर खलंगाबजारमा निस्किएपछि धेरैले निषेधाज्ञा जारी हुने अड्कल काटे ।

चित्र कोर्न पाउँदा समय बितेको थाहै हुँदैन

परीक्षा संचालन गर्ने केन्द्रहरू सबै क्वारेन्टिन बनेका छन् । त्यसैले परीक्षा हुँदैन कि भन्ने डर बढ्दै गएको छ । मिहिनेत गरेर पढियो तर परीक्षाको तयारी काम नलागी नै सकिन्छ कि भन्ने कुराले तनाव दिन थालेको छ । तनाव व्यवस्थापनको मेरो माध्यम चित्रकला बन्ने गरेको छ ।

आरडिटीको प्रयोग बढी, विश्वास कम

आरडिटीले उपलब्धिभन्दा बढी खर्च र जनशक्तिलाई हैरानी मात्र गराइरहेको छ । हाललाई आरडिटी गरे पनि संक्रमण भएनभएको यकिन गर्न पिसिआरमै भर पर्नुपर्ने अवस्था छ ।

लकडाउनमा समयको सदुपयोग

हाम्रो नेपालमा ‘लकडाउन’ भएलगत्तै विद्यार्थीहरू पनि घरमै बस्न बाध्य छन् । बालबालिकाहरूलाई के गर्ने भन्ने अभिभावकहरूको चिन्ता छ । यस्तो अवस्थामा हामी बालबालिका आफैं सचेत भई यस बिदाको समय सदुपयोग गर्नुपर्छ ।

पाँचथरका १ सय १४ जनाको रिर्पोट नेगेटिभ

पिसिआर परीक्षण गरिएका १ सय १४ जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय पाँचथरका प्रमुख नारद सुवेदीले जानकारी दिए । कोरोना भाइरसका सन्त्रासका क्रममा स्वास्थ्य उपचारमा खटिएका स्वास्थ्यकर्मी, डयुटीमा खटिएका सुरक्षाकर्मी र पत्रकारको स्वाब परीक्षण भएको थियो ।

गोरखा आउनेहरु कोरोना परीक्षणपछि मात्रै घर जान पाउने

आँबुखैरेनी, तुरतुरे, बेनीघाट, आरुघाट लगायत नाका हुँदै अहिले पनि छिमेकी देश भारत र नेपालभित्रै अन्य जिल्लाबाट सर्वसाधारण घर फर्कने गरेका छन् । गाउँमा त्रास र जोखिम हुन सक्ने भएकाले कोरोना परीक्षण गर्ने नीति लिइएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए ।

लकडाउनमा आत्महत्या गर्नेको संख्या बढ्दै

संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषभन्दा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांक हेर्दा नेपाल तेस्रो स्थानमा पर्छ ।

कोरोनाबाट आफु बाँचौं र अरुलाई पनि बचाऔं !

नेपालमा पनि ५७ दिनदेखि सरकारले जहाँ बसेको हो त्यहीँ बस्नु, बाहिर ननिस्कनु भनेर लकडाउन लगाएको छ । तैपनि लकडाउनको अटेरी हुँदा नेपालमा ४ सय २ जनालाई कोरोना लागिसकेको छ भने ३ जनाको पापी कोरोनाले ज्यान लिइसकेको छ ।

लेखपढ गर्दै घरमै रमाउँदै

माया ठकुरी भन्छिन्, ‘अंग्रेजी, नेपाली र हिन्दी भाषाका पुस्तक पढ्दै छु, नेपालीमा विशेषतः बिपी, पारिजात लगायतका कृति । लकडाउनका बेला केही धार्मिक कृति पनि पढेँ । भर्खरै ‘घाट’ शीर्षकको कथा पनि लेखेकी छु ।’

भक्तपुर अस्पतालमा रंगको दुरी (अपडेट)

भक्तपुरमा पनि कोरोना भाइरस (कोभिड-१९) संक्रमित विरामी बढ्न थालेपछि नेपाल स्काउट भक्तपुरले भक्तपुर अस्पताल दूधपाटीमा समाजिक दुरी कायमलाई व्यवस्थित रंगले रेखा कोरेका छन् । नेपाल स्काउट जिल्ला स्काउट कार्यालय भक्तपुरका माष्टरहरुले निश्चित दुरी कायम गरी सामाजिक दुरीमा रहन रंगले सीमारेखा कायम गरेका हुन् । उनीहरुले सामाजिक दुरी अनुसारको दुरी कायम गरी रंगको लाइन तथा कोठाकोठा बनाएका हुन् ।

एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास रद्द

गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवै सवारी पास रद्द गरेको छ। कोरोना भाइरसका विरामी बढेपछि गृहमन्त्रालयले यस्तो निर्णय गरेको हो। यस अघि प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनलाई थप कडा बनाउन निर्देशन दिएका थिए। मंगलबार मात्रै ५७ जना कोरोनासंक्रमित भेटिएका छन्।

केही दिन अघि मात्रै भारतबाट लुकिछिपी घर आएका थिए रुपन्देहीका ६ संक्रमित (अपडेट)

भैसागाहन क्वारेन्टाइनमा रहेकामध्ये वडा नं १ का ४६ वर्षीय पुरुष भारतको मुम्बईबाट यही वैशाख २५ गते नेपाल फर्किएका थिए। उनी लुकिछिपी सीमा पार गरेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरी क्वारेन्टाइनमा पुर्‍याएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्